अबदेखि मास्क प्रयोग नगरि हिडडुल गर्नेलाई यति धेरै जरिवाना तिर्नुपर्ने हेर्नुहोस
काठमाडौं १६ साउन / प्रशासन कार्यालय चितवनको निर्देशन अनुसार भोली (शनिबार) देखी मास्क र सेनिटाइजर प्रयोग नगरि हिडडुल गर्नेलाई जिल्लाका प्रहरी र ट्राफिक प्रहरीले जरिवाना सहित कडा कारबाहि गर्ने भएको छ ।
कोरोनाको संक्रमणको जोखिम रहिरहेको समयमा सर्वसाधारण, चालक, सहचालक, यात्रुहरु लापर्वाहि रुपमा बाहिर हिडडुल गर्न थाले पछि जिल्ला प्रशासनको निर्णय अनुसार प्रहरी र ट्राफिक प्रहरीले पैदल यात्रीलाई एक सय र सवारी साधनलाई ५ सय जरिवाना सहित कारबाही गर्ने घोषणा गरेको हो ।
त्यस्तै कोरोना संक्रमित बढ्न थालेपछि आज राति १२ बजेदेखि बिराटनगरमा १४ दिनको लागि बन्दाबन्दी (लकडाउन ) गर्ने घोषणा गरिएको छ ।