नेपाली सुरक्षागार्ड कु’टिएको घट’नास्थल प्रहरीले फेला पार्यो
काठमाडौं। मलेसियामा नेपाली दावी गरिएका एक सुरक्षागार्ड कु’टिएको घट’नामा त्यहाँथित नेपाली दूतावासले प्रहरीमा उजुरी गरिसकेको छ । नेपाली दूतावासको उजुरीसँगै त्यहाँको प्रहरीले घट’नाको अनुसन्धान थालिसकेको छ । यही बीचमा क्वालालम्पुरको वाङसा माजु पुलिसका जिल्ला प्रमुख राजब अहद इस्माइलले स्थानीय र आम सर्वसाधारणलाई यस घटनाबारे आफूलाई कुनै जानकारी भए अगाडि आएर पुलिसलाई जानकारी दिन आग्रह गरेका छन्।
मले मेलको समाचार अनुसार इस्माइलले पी’डितको तर्फबाट पुलिसलाई कुनै पनि उजुरी नआएको बताउँदै पुलिसले भने मलेसियाको कानुनको धारा ३२४ अनुसार मु’द्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाएको जानकारी दिए । पुलिस अनुसन्धानको मध्यमै भएको जानकारी दिँदै इस्माइलले पुलिसले घ’टना भएको स्थानको भने पहिचान भएको बताए । इस्माइलका अनुसार घ’टना भएको स्थान वाङसा माजुको जलन मदरसामा रहेको एक सोसाइटीको कार पार्क हो । इस्माइलका अनुसार पुलिसले पीडित सुरक्षा गार्ड नेपाली र कु’टपि’ट गर्ने व्यक्ति पाकिस्तानी भएको विश्वास गरेको छ।