तेस्रो पटक नेपाल प्रवेश गरेका भारतीय एसएसबीलाई स्थानियले लखेटे

0

महेन्द्रनगर। कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुई क्षेत्रमा तेस्रो पटक पनि भारतीय एसएसबी नेपाल प्रवेश गरेका छन् । नेपाल भारत सीमा ३८ नम्बर पिल्लर क्षेत्रमा बिहीबार स्ट्रिप नक्साका आधारमा आफ्नो दावी गर्दै तेस्रो पटक नेपाल प्रवेश गरेको अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुरका संयोजक पल्लव राज भट्टले बताए । भारतीय एसएसबीका डिपुटी कमाण्डर सहितको टोली प्रवेश गरिसकेपछि सडक निर्माण कार्यमा भारतीय पक्षले बारम्बार अवरो’ध सिर्जना गर्दै आएको भन्दै त्यहाँका स्थानीय वि’रोधमा उत्रि’एका थिए।

नेपालका तर्फबाट सश’स्त्र प्रहरी, नेपाल प्रहरी, अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुरका संयोजक पल्लव राज भट्ट समेतको टोली त्यहाँ पुगेको थियो । स्थानीयको च’र्को वि’रोधपछि भारतीय डिपुटी कमान्डर सहितको टोली भागेर गएको थियो । गतवर्ष ग्राभिलिङ गर्दा अव’रोध गरेको भारतीय पक्षले फेरि कालोपत्रे तयारी गर्दा रोकिरहेको छ । हुलाकी सडक निर्माण कम्पनी बाबाहंश सिद्धिकीलाई भारतीय एसएसबीले गतवर्ष पनि उक्त क्षेत्रको १२ सय मिटर सडक भारतमा पर्ने भन्दै काम रोक्न द’वाव दिएको थियो।

Leave A Reply

Your email address will not be published.