सुशान्तकी बहिनीले भारतीय प्रधानमन्त्री मोदीलाई गरिन् यस्तो अनुरोध – ‘दाजुको निधन प्रकरणको तत्काल छानबिन होस्’
काठमाडौं – बलिउड अभिनेता सुशान्त सिंह राजपुतले पासो लगाएर आफ्नै ज्यान फालेको साढे एक महिना पुगिसकेको छ । उनको निधनपछि घटना रहस्यमय रहेको भन्दै प्रहरीले छानवीन गरिरहेको छ । उनको निधन प्रकरणले पछिल्लो समय फरक मोड लिदै गइरहेको छ । सुशान्तका पिता केके सिंहले पनि रिया चक्रवर्तीविरुद्ध उजुरी दिएका छन् । यस विषयमा अनुसन्धान गर्न बिहार पुलिस मुम्बई पुगेको छ ।
यसैबीच सुशान्तकी बहिनी श्वेता सिंह कीर्तिले दाजुको निधन प्रकरणलाई तत्काल छानविन गर्न अनुरोध गरेकी छिन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्विट गर्दै दाजुको निधन प्रकरणको छानविन गर्न अनुरोध गरेकी हुन् ।
उनले सामाजिक सञ्जालमा भनेकी छिन् म सुशान्त सिंह राजपुतकी बहिनी हुँ । दाजुको निधन प्रकरणको तत्काल छानबिन गर्न अनुरोध गर्दछु । उनले भनेकी छिन् हामी भारतको न्यायिक प्रणालीमा विश्वास गर्दछौं र जुनसुकै मूल्यमा न्यायको आशा गर्छौं।
I am sister of Sushant Singh Rajput and I request an urgent scan of the whole case. We believe in India’s judicial system & expect justice at any cost. @narendramodi @PMOIndia #JusticeForSushant #SatyamevaJayate pic.twitter.com/dcDP6JQV8N
— shweta singh kirti (@shwetasinghkirt) August 1, 2020