आज ३१५ नयाँ संक्रमित थपिए, ९३ जना डिस्चार्ज

0

१७ साउन, विराटनगर ।आज शनिबार ३ सय १५ जना नयाँ कोरोना संक्रमित थपिएसंगै हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९३ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म निको हुने संक्रमितहरुको संख्या १४ हजार ४ सय ९२ पुगेको छ ।

अन्य समाचार : काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ, यी हुन् १० गल्ती काठमाडौं । लकडाउन हटेपछि संघीय राजधानी काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ धकेलिँदै छ।

विश्वव्यापी यो महामारी रोकिनसक्नु त छँदैछ तर नेपालमा झन्झन् कोरोना फैलिनुमा हाम्रा केही गल्ती कारक छन्। केही गल्ती सरकारका छन्, केही नागरिकका। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले समाचार लेखेका छन् ।

१. नाका बन्द गर्न ढिलाइ २. अनुशासनहीन नागरिक ३. अपुरो परीक्षण ४. खचाखच क्वारेन्टाइन ५. विपद्मा धन्दा ६. नाकामा खोइ होल्डिङ सेन्टर ? ७. पासको दुरुपयोग ८. अपर्याप्त पूर्वाधार एवं जनशक्ति ९. समन्वय अभाव १०. सूचनामा पहुँचै पुगेन

Leave A Reply

Your email address will not be published.