साउदीबाट आएका पुरुषलाई २६ दिनमा देखियो कोरोना संक्रमण

0

काठमाडौं – साउदी अरबबाट गत २२ गते नेपाल फर्किएका एक पुरुषमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा मध्यपुरथिमि नगरपालिका–४ का एक २५ वर्षीय पुरुष रहेका छन् ।

प्रहरीका अनुसार साउदीबाट फर्किएका उक्त पुरुषलाई २६ दिनमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । संक्रमित पुरुषको पाटन अस्पतालमा उपचार भइरहेको जनाइएको छ । नेपाल विद्युत् प्राधिकरण थिमि शाखासँगै रहेको सङ्क्रमितको घर तथा परिवारले चलाएको खाजा पसल पनि बन्द गरिएको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.