सुशान्तकी प्रेमिकाले किन भनिन् ‘म गुण्डी हुँ प्रेमीलाई औंलामा नचाउछु’
मुम्बई । बलिउड अभिनेता सुशान्तसिंह राजपुतको निधनपछि उनकी प्रेमिका रेहा चक्रवर्ती आलोचनाको पात्र बनेकी छिन्।
यहि विचमा रेहाको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। जुन भिडियोमा रेहाले आफुलाई गुण्डी भएको समेत उल्लेख गरेकी छिन्।
भिडियोमा रहोले भनेकी छिन् ‘म मेरो प्रेमीलाई औंलामा नचाउन सक्छु। यदि कसैले आफुलाई गुण्डा सम्झन्छ भने म त्यो भन्दा ठूलो गुण्डी हुँ।’
यो भिडियो कति पुरानो हो। प्रष्ट भएको छैन । सुशान्तको बुबाले सुशान्तको बैंकमा रहेको १५ करोड रुपैयाँ रेहाले निकालेको भन्दै प्रहरीमा उजुरी समेत गरेका छन्।