०७७ साउन १८ गते आइतबार ई.सं. २०२० अगष्ट ०२ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

0

वि.सं.२०७७ साउन -१८,आइतवार, ई.सं.२०२० अगष्ट – २,शक संवत्-१९४२ नेपाल संवत्-११४० गुँलाथ्व,प्रमादी,दक्षिणायन,वर्षा,श्रावण शुक्लपक्ष तिथि-चतुर्दशी , २०:५२ बजे उप्रान्त पूर्णिमा,नक्षत्र-पूर्वाषाढा , ०७:२८ बजे उप्रान्त उत्तराषाढा,योग-विष्कम्भ , ०९:२० बजे उप्रान्त प्रीति,करण-गर ०९:११ बजेदेखि वणिज , २०:५२ बजे उप्रान्त वालव,चन्द्रराशि-धनु,आनन्दादि योग-शुभ, सूर्योदय-५:२८, सूर्यास्त-१८:५०,दिनमान-३३ घडी २५ पला, श्री शिवजीमा पवित्रारोपण गर्ने दिवस। बाजुरा बडीमालिका मेला।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –

व्यापारमा रुपैया पैसा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । आज थालिएका जुनसुकै कामहरुबाट भनेजस्तो कमाई हुँने हुँदा आर्थिक क्षेत्र मजभुत हुनेछ । नयाँ काम पाउँने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुँनाले पद प्राप्तिको गतिलो योग रहेकोछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –

धार्मिक अनुष्ठान तथा मन्दिरमा गई टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ काम पाउँने तथा बढुवा हुँने योग रहेकोछ । बौद्धिक ब्यात्तित्व तथा बिशिष्ट ब्यात्तिहरु सँग भेटघाट हुनेछ भने नयाँ योजना बनाएर कार्यान्वयनको चरणमा लगि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ। बिहानको समय मध्ययम रहेकोले भौतिक सम्पती तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) –

बिहानको समय राम्रो रहेकोले भौतिक सम्पति तथा विलाशी बस्तुको व्यापार गरि मनग्गे धन सम्पति जोड्न सकिनेछ । पढाई लेखाईमा एक कदम अगाडि बढि सफलता हात पार्न सकिनेछ । मध्यान्हबाट सामान्य बिवादले अपठरो परिस्थितिमा लैजान सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नया समस्याहरु थपिनेछन् । अध्ययन तथा अनुशन्धानमा समय खर्चिए पनि भनेजस्तो उपलब्धि नहुदा तनाब बढ्नेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –

बिभिन्न अवसरहरुको सहि तरिकाले सदुयपोग गर्न सक्दा धेरै उपलब्धि हात पर्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने धनको भण्डार बढ्नेछ । बौद्धिकताको उपयोग गरि आफ्नो ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । परिवार तथा जीवन साथिको सहयोगले एक किसिमको उत्साह जगाउनेछ । सुन्दर तथा बीलाशी पहिरनले व्याक्तित्वमा निखारता ल्याउनेछ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –

मामा तथा मावली पक्षबाट तपाईको काममा भरपुर सहयोग पाईने योग रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने पति पत्निबिच मायाको डोरो कसिनेछ । तपाईको कुभलो साध्ने तथा स’त्रुता राख्नेहरु आफै किनारा लाग्नेछन् । न्यायिक निकायबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । पुराना तथा थाति रहेका कामहरु साथिभाईहरुको सहयोगमा समयमानै सकाउँन सकिनेछ भने लेनदेनका मु’द्दाहरु सल्टाउँन सकिनेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) –

बिहानको समय मध्ययम रहेकोले घरेलु तथा अन्य समस्याले सताउनेछ । आफन्त तथा घर भित्रकै मानिस सँग मनमु’टाब सिर्जना हुन सक्छ ध्यान दिनुहोला । मध्यान्हबाट समय राम्रो रहेकोले सवारि साधन तथा भौतिक सम्पति लाभ हुँने तथा चिठ्ठा पर्ने योग रहेकोछ । व्यावसायबाट भनेजस्तो नाफा कमाउँन सकिने हुँनाले अन्य क्षेत्रमा पनि रुपैया पैसा लगानि गर्न आट आउँनेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) –

बिहानको समय राम्रो रहेकोले लामो तथा छोटो दुरिको रमाईलो यात्राको तय गर्न सकिनेछ । दाजुभाई तथा आफन्तबाट भनेजस्तो सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । मध्यान्हबाट राजनितिमा जनताको काम गर्न सक्दा पद प्राप्तिको योगलाई नकार्न सकिदैन । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाभ लिन सकिनेछ । सवारि साधनको प्रयोग तथा पैदल यात्रा गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) –

रोकिएका कामहरु बन्ने तथा नया काम सुरु गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा नजिक हुने तथा जीवन साथिको सहयोगले उत्तम काम गर्न सकिनेछ । समस्या समाधानका लागि चालिएका कदमबाट परिणाममुखि नतिजा आउने हुनाले मन प्रशन्न रहनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने मनग्गे आम्दानि हुनेछ । छोटो दुरिको उपलब्धिमुलक व्यावसायिक यात्रा हुनेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) –

पढाई लेखाईमा थोरै समय दिदा पनि उत्कृष्ट नतिजा आउने हुनाले आफन्त तथा गुरुजनहरु खुसि हुनेछन् । तपाईको ईमान्दारिताको सबैले कदर गर्नेछन् भने सामाजिक कामहरु समयमा सम्पन्न हुने हुनाले मान सम्मानमा बृद्धि हुनेछ । आुफन्त तथा कुटम्बसँगको चिसिएको सम्बन्धमा सुधार भएर जाने समय रहेकोछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –

नयाँ प्रबिधिको प्रयोग मार्फत नया ज्ञान सिक्ने समय रहेकोछ । बिभिन्न अवसर प्राप्त हुने हुनाले जोस जागर बढेर आउनेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगाडि बढि उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको गतिलो योग रहेकोछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्ने अवसर जुर्नेछ । बिहानको समयमा यात्रासँग सम्बन्धित कामहरु हुनेछन् । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) –

बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ भने इच्छित चाहानाहरु पुरा गर्न सकिने हुँदा घर परिवारका सदस्यहरु खुसि रहनेछन् । अध्ययन अध्यापनमा मन जाने हुँनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । दिउँसोबाट समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला । तरपनि बिदेशी समानको व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –

बिद्या तथा प्रतिष्र्धामा बिजय हुँने योग रहेकोछ भने नयाँ ज्ञान हासिल हुनेछ । बुवा वा बुवासरहका मानिसको आषिर्वाद तथा सहयोगले महत्वपुर्ण कामहरु सम्पादन हुनेछन् । माया प्रेममा एक अर्कालाई भेटि सौहार्दपुण बाताबरणमा समय व्यातित गर्न सकिनेछ । ईच्छित कामनाहरु पुरा हुँने तथा आफ्नो मानिसबाट उपाहार तथा भौतिक सामानहरु प्राप्त हुनेछ।

Leave A Reply

Your email address will not be published.