आज भारी बर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

0

काठमाडौं । आज शनिबार देशका केही स्थानमा बदली भई पानी परिररहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभावले आज देशका बागमती प्रदेश, गण्डकी प्रदेशका, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका केही स्थानमा बदली भई पानी परिरहेको छ । नेपालको पुर्वी तराई भू९भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ।

विभागका अनुसार आज देशका केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । आज प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको जनाइएको छ।

त्यस्तै आज राति पनि देशका प्रदेश १ र गण्डकी प्रदेश केही स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ । देशका केही स्थानमा ठुलो पानी पर्ने हुनाले बाढी, पहिरो र डुबानको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

Leave A Reply

Your email address will not be published.