चर्चित नेपाली क्रिकेटर तथा राष्ट्रिय टोलीका लेग स्पीनर सन्दीप लामिछानेको आज जन्मदिन

0

काठमाडौं, साउन १८ । चर्चित क्रिकेटर तथा राष्ट्रिय टोलीका लेग स्पीनर सन्दीप लामिछानेको आज जन्मदिन हो । २ अगस्ट २००० मा स्यागंजामा जन्मिएका सन्दीप नेपालका पछिल्लो पुस्ताका लोकप्रिय कलाकारमध्येका एक हुन् । १६ वर्षको उमेरमा नै राष्ट्रिय टोलीबाट खेल्ने मौका पाएका सन्दीले पहिलो खेलबाट नै चर्चा कमाए । जसबाट उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत चर्चा बटुले ।

विश्वस्तरीय खेलहरु आईपीएल, सिपिएल, लगायतका प्रतिस्पर्धामा सहभागीता जनाएर विश्वचर्चित बनेका सन्दीले नेपालको नाम समेत संसारभर चिनाउने भूमिका खेलेका छन् । सानै उमेरमा ठूलो आम्दानी समेत गर्न सफल भएका सन्दीपलाई जन्मदिनको अवसरमा विश्वभरका उनले फ्यानले शुभकामनाको ओइरो बर्साइरहेका छन् ।

हाल क्यारेवियन प्रिमियर लिग सिपिएल खेल्नका लागि आज वेष्ट इण्डिज गएका सन्दीप अहिले क्वारेन्टिनमा रहेका छन् । सन्दीपको टोली जमैकाले अगष्ट १९ मा सेन्ट लुसिया जुक्सविरुद्ध खेल्दै लिगको सुरुवात गर्ने छ। ३३ खेल हुने सिपिएल अगष्ट १८ बाट सुरु हुँदैछ ।

सन्दीपको टोलीको खेल भने १९ तारिखबाट सुरु हुने बताइएको छ। सन्दिपले यस वर्षका लागि १ करोड ३० लाख रुपैयाँ लिएर सिपिएलमा गएका हुन् । सन्दीपको शानदार खेल र चर्चाका बिच उनलाई महँगो रकममा जमैका तलावाजले अनुबन्ध गरेको हो ।

Leave A Reply

Your email address will not be published.