मेयरका परिवारसहित वीरगन्जमा ४५ जनामा कोरोना, थप दुई जनाको मृ’त्यु

0

पर्सा। वीरगन्ज महानगरपालिकाका मेयर विजय सरवागीकी श्रीमती र छोरीसहित थप ४५ जनामा कोरोना भारइसको संक्रमण पुष्टि भएको छ।

मेयर सरवागीलाई यसअघि संक्रमण पुष्टि भएपछि ट्रेसिङ गरेर परीक्षण गर्दा श्रीमती र छोरीलाई पनि संक्रमण पोजेटिभ देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए।

मेयर सरवागीलाई भने गत बिहीबार बिहान संक्रमण पुष्टि भएको थियो। उनी काठमाडौं आएका बेला मेडिसिटी अस्पतालमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो। उनी अहिले पनि काठमाडौंस्थित आफ्नै घरमा होम आइसोलेसनमा बसिरहेका छन्।

आइतबार वीरगन्जमा थपिएका ४५ जना संक्रमित सबै स्थानीय हुन्। पछिल्लो समय वीरगन्जमा संक्रमण ह्वात्तै बढेको छ। कोरोना उपचारमा खटिएका चिकित्सकहरूले पनि वीरगन्जमा संक्रमण समुदायस्तरमा फैलिएको बताउँदै आएका छन्। शनिबार मात्र वीरगन्जमै थप दुई जना कोरोना संक्रमितको मृ’त्यु भएको थियो।

Leave A Reply

Your email address will not be published.