कोरोना भाइरस रोकथाम गर्न नेपाललाई विश्व बैंकले दियो ३ अर्ब ५० करोड ऋण

0

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथाम तथा सार्वजनिक स्वास्थ्य सेवा सुधारका लागि विश्व बैंकले नेपाललाई तत्काल तीन अर्ब ५० करोड रुपैयाँ ९ दुई करोड ९० लाख अमेरिकी डलर० भन्दा बढी सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।

कोभिड–१९ आकस्मिक सम्बोधन तथा स्वास्थ्य प्रणालीको तयारी परियोजनाका लागि उक्त रकम खर्च हुने अर्थ मन्त्रालय र विश्व बैङ्कबीचको सम्झौतामा उल्लेख छ । सम्झौतामा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना र विश्व बैङ्कका नेपालस्थित देशीय निर्देशक फेरिस हदद जेर्भोसले मङ्गलबार हस्ताक्षर गरे ।

विश्व बैङ्कको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) मार्फत उपलब्ध गराइने उक्त ऋण सम्झौतामा हस्ताक्षरपश्चात् नै कार्यान्वयनमा आउने जनाइएको छ ।

उक्त रकम कोरोना भाइरस सङ्क्रमण रोकथामको तयारी तथा आकस्मिक सहायतामा प्रयोग हुने सम्झौतामा उल्लेख गरिएको छ । त्यस्तै रोकथाममा नेपालको क्षमता बढाउने, विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम ‘कन्ट्याक्स टे«सिङ’का लागि उपयोग हुने छ ।

स्वास्थ्य मन्त्रालयमार्फत कार्यान्वयन हुने यो परियोजनाअन्तर्गत देशका विभिन्न ठाउँमा नयाँ आईसीयू, बेड तथा आइसोलेसन सुविधा स्थापनामा प्रयोग गरिने छ । त्यस्तै उक्त रकम स्वास्थ्य प्रयोगशालाको रोग पहिचान क्षमता बढाउन पनि उपयोग हुने सम्झौतामा उल्लेख छ ।

सम्झौतापछि सचिव ढुङ्गानाले उक्त सहयोगले कोरोना महामारी रोकथाम तथा भविष्यमा सार्वजनिक स्वास्थ्यसँग सम्बन्धित जोखिमविरुद्ध लड्न क्षमता बढाउन सहयोग पुग्ने बताए । याे खबर आजकाे गाेरखापत्र दैनिकले छापेकाे छ ।

Leave A Reply

Your email address will not be published.