भारतीय गृहमन्त्री अमित शाह अस्पतालमा भर्ना

0

एजेन्सी। भारतमा तिब्र रुपमा फैलिएको कोरोनाले राजनीति र सरकारको नेतृत्वमा रहेकाहरुलाई पनि छोएको छ । भारतको केन्द्रीय गृहमन्त्री अमित शाह कोरोना सं,क्र,मित भएका छन् । आफू कोरोना सं,क्र,मित भएको जानकारी उनले सामाजिक सञ्जाल मार्फत दिएका हुन् । आइतबार दिउँसो ट्वीट गर्दै उनले आफुलाई कोरोना पुष्टि भएको जानकारी दिएका छन् । उनी अहिले आफु चिकित्सकको निगरानीमा बसेको र अस्पताल भर्ना भएको जानकारी दिए।

कोरोनाको लक्षण देखिन थालेपछि शंका लागेर स्वाव परिक्षण गर्दा उनलाई कोरोना पुष्टि भएको हो । तर उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताएका छन् । कोरोनाको प्रारम्भिक लक्षण देखिएपछि मैले परीक्षण गरें र कोरोना रिपोर्ट पोजेटिभ आयो ।मेरो स्वास्थ्य ठीक छ, तर डाक्टरको सल्लाहमा म अस्पतालमा भर्ना भइरहेको छु,शाहले ट्वीट गरेका छन्।साथै उनले केहि दिनदेखि आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई आफुलाई अलग राख्न र जाँच गर्न अनुरोध गरेका छन्।

Leave A Reply

Your email address will not be published.