सोमबार राति १२ बजेदेखि निषेधाज्ञा जारी

0

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाभित्र सोमबार राति १२ बजेदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार उपमहानगरपालिकामा कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा जारी गरिएको हो।

अन्य समाचार : ३ दिनसम्म यात्रु बोकेका ट्याम्पो चालकलाई कोरोना काठमाडौं। काठमाडौंमा सफा ट्याम्पो चालकलाई कोरोना भाइरस रोग (कोभिड – १९) पुष्टि भएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भिम ज्वाला राईले शनिबार ४७ वर्षका पुरुष ट्याम्पो चालकलाई कोरोना पोजेटिभ पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमित चालक लकडाउन भएपछि सुदुरपश्चिम जानुभएकोमा ४ दिनअघि मात्रै काठमाडौं आउनुभएको र फर्कने क्रममा उहाँकाे नागढुंगा नाकामा स्वाब संकलन गरिएको थियो।

स्वाब संकलन गरेपछि ती चालकले ३ दिनसम्म शंखमुल रुटमा ट्याम्पो चलाउनुभएको थियो । शनिबार पनि ट्याम्पो चलाउदै गर्दा उहाँको रिपोर्ट पोजेटिभ रहेको जानकारी ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले गरेको थियो । हालसम्म नेपालमा २ जना यातायात व्यवस्यामा संलग्न व्यक्तिलाई कोरोना पुष्टि भएको छ जसमा एक जनाको मृत्यु भइसकेको छ।

सरकारले असार २६ गतेदेखि उपत्यकाभित्र तीन जिल्ला र बाहिरको हकमा जिल्लाभित्र सार्वजनिक सवारी सन्चालनमा ल्याएको थियो । सरकारले भदौ १ गतेदेखि लामो दुरीका सवारी साधन सन्चालनमा ल्याउने निर्णय गरिसकेको छ।

Leave A Reply

Your email address will not be published.