नेपालमा प्रहरी र पत्रकारसहित थप ७३ जनामा कोरोना पुष्टि

0

वीरगञ्ज । नेपालमा प्रहरी र पत्रकारसहित थप ७३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, नेपाल प्रहरी र पत्रकारसहित ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा ६१ जना पुरूष र १२ जना महिला रहेका छन्। संक्रमित हुनेमा १० वर्षकी बालिका देखि ६७ वर्षकी वृद्ध महिला रहेको नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले जानकारी दिएका छन् ।

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट उपाध्यायका अनुसार आइतबार राती संक्रमण पुष्टि भएका ७३ मा मास ट्रेसिङ,एक घर एक परिक्षण र कन्ट्याक्ट ट्रेसिङमा परेका रहेका छन्।

मास ट्रेसिङमा पिसिआर जाँच गराएका २६ जना, एक घर एक परिक्षण जाँच गराएका ७ जना र कन्ट्याक्ट ट्रेसिङमा परेका २५ जना, रहेको मेसु उपाध्यायले जानकारी दिए।

त्यसैगरी नेपाल प्रहरीका २ जना, नेपाली सेनाका १ जना, पर्साका पत्रकार १ जना, वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका ५ जना, बारा जिल्लाका ५ जना र १ जना भारतिय नागरिक रहेको मेसु उपाध्यायले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.