छोराले आमालाई सम्झिँदा रोए अर्जुन विक (भिडियो हेर्नुहोस् )
काठमाडौं १८ साउन / जीवनमा मानिसले बाच्नका लागि अनेक सर्घष गरी रहेका हुन्छन् । आफ्ना सन्तानका लागि उनीहरुको मेहतन पनि त्यस्तै हुन्छ ।
एउटा बाबाको माया आफ्नो सन्तान प्रति कस्तो हुन्छ रु त्यो त एउटा बुवालाई मात्र थाहा हुन्छ ।
कैलाली घर भइ हाल काठमाडौँमा ज्याला मजदुरी गर्दै आएका अर्जुन बिक एक छोराका बाबु हुन् । श्रीमतीले छोरा ४ महिनाको हुँदा छोडेर गएपछि अहिले अर्जुनले आफ्ना छोरालाई आमा र बाबा दुवै बनेर हुर्काई रहेका छन् । आमाको काख नपाएको छोरालाई उनी आफैँ आमा बनेर काँधमा राखेर लुगाले बाँधेर काममा जान्छन् ।
छोराको उज्ज्वल भबिष्यका लागि दिन रात परिश्रम गरिरहेका छन् । अर्जुन बिक दैनिक रुपमा यसरी नै आफ्नो सन्तान बोकेर ठेलामा समान ढुवानी सेवा गर्छन् ।
सन्तान प्रतिको अथाह माया तथा जिम्मेवारी एउटा बाबाको परिश्रममा देखिने रहेछ । त्यसको उदाहरण हुन् अर्जुन ।
हेर्नुस् रिक्सा चलाएर बाबुको जिम्वेवारी पुरा गरिरहेका एउटा बाबुको द’र्दनाक कथा भिडियोमा हेर्नुस् :