कोरोना लक्षण देखिएका रौतहटका वडाध्यक्षको मृ’त्यु
काठमाडौं। रौतहटका एक वडाध्यक्षको सोमबार राति निधन भएको छ । निधन हुनेमा इशनाथ नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ५५ वर्षीया देवेन्द्र ठाकुर रहेका छन् । उनको आज बिहान अस्पताल लैजादै गर्दा मृ’त्यु भएको जनाइएको छ।
उनलाई श्वास फेर्न गाह्रो भएपछि गौरस्थित निजी अस्पतालमा लैजादै गर्दा बाटोमा मृ’त्यु भएको जनाइएको छ । उनको श’व अहिले घरमै राखिएको र आरडिटी रिपोर्ट नेगेटिभ आएको जनाइएको छ।
ज्वरो, रुघा र खोकी लागेर विरामी परेका वडाध्यक्ष ठाकुरलाई श्वास फेर्न पनि समस्या भएको गौरनगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिनबन्धु यादबले बताए । उनमा कोरोनाको लक्षण देखिएकाले परिवारको पनि पीसीआर परीक्षण गर्ने तयारी रहेको जनाइएको छ।