करिश्माको आक्रोशले सामाजिक संजालमा तरंग

0

काठमाडौं। केही दिन अघि अभिनेत्री करिष्मा मानन्धरले सामाजिक सञ्जालमा लेखेको एउटा स्टाटसले सामाजिक संजालमा तरंग ल्यायो । धेरै नकारात्मक टिप्पणी आए । केहि कलाकारले उनको स्टाटसमा सकारात्मक प्रतिकृया दिएपनि अधिकांशले नकारात्मक प्रतिकृया दिएपछि उले त्यो स्टाटस सामाजिक सञ्जाल फेसवुकवाट हटाइन् । उनले नेपाली फिल्ममा काम नगरेको लामो समय भइसकेको छ । केही वर्षयता उनी आफ्नो अपूरो पढाइ पूरा गर्ने धाउन्नमा छिन् । केही वर्ष राजनितिमा पनि लागेकी करिश्मा अहिले भने कुनै पार्टीमा आवद्ध छैनन् ।

तर पनि उनले राजनीतिक र सामाजिक विषयमा सामाजिक सञ्जाल मार्पmत आफ्ना कुरा बाहिर ल्याउँछिन् । नयाँ शक्ति पार्टीबाट राजनीति गरेकी मानन्धरले नयाँ शक्ति र संघीय समाजवादी फोरमका बीचमा पार्टी एकतापछि राजनीति छोडेकी हुन् ।

यतिबेला नेपालमा लकडाउन भइरहेका बेला करिष्मा घरमै समय बिताइरहेकी करिष्मालाई समाचार माध्यममा आएका केही विषयले रिस उठेको हुँदो हो । त्यसैले उनले निकै आक्रोशित भएर स्टाटस लेखिन् । कोरोनाको लडाइँका लागि भन्दै सरकारले खडा गरेको कोषमा केही कलाकारले सहयोग रकम दिने घोषणा गरे । त्यसपछि सामाजिक सञ्जालमा कलाकारले सहयोग नदिएको भन्दै टिप्पणी र मिडियामा समाचार समेत बनेपछि करिष्माले खरो प्रतिकृया दिएकी थिइन् । उनले सहयोग गर्ने काम सरकारको भन्दै टिप्पणी लेखेकी थिइन् ।

‘के सेलिब्रेटीले सबै समस्या समाधान गर्नुपर्ने ? अनि के काम सरकारको ? किन भोट गरेको हामीले ? के हामी धुर्मुस, सुन्तली हौं कि रवि लामिछाने ? जानुस् तपाईंहरूको भगवानलाई खोज्नुस्, तर घर बस्नुस्,’ करिष्माले लेखेकी थिइन् ।

यस्तो खरो टिप्पणी लेखेपछि उनको स्टाटस माथि पनि टिप्पणी भए । करिष्माको यो स्टाटसमा नायिका रेखा थापाले पनि सहमति जनाइन् । उनको भनाइ थियो, ‘अरुले यति दिए उति दिएनन् भन्नुभन्दा सक्नेले दिऔं, नसक्नेले मागौं ।’ यता करिष्माले यो स्टाटस सामाजिक सञ्जालबाट हटाइसकेकी छिन् ।

उनले कुरा बुझाउन चाहेको भन्दै अर्को स्टाटस लेखेकी छिन्, ‘एउटा कुरा स्पष्ठ पार्न चाहेँ, केही समाचार माध्यमले मेरो अस्तिको एउटा स्टाटस लाइ अपुरो र अलि नकारात्मक शैलीबाट प्रचार गरेको रहेछ । उक्त स्टाटसमा सेलिब्रेटीले किन सहयोग गर्दैनन् भन्ने बिभिन्न समाचार को खण्ड्न गरेर लेखेकी थिएँ । जसमा जनताले विश्वास गरेका राष्ट्रिय हिरोहरु त यो समयमा लाचार छन , अरुले के गर्न सक्छौँ यो समय सबैलाइ घर बस्न सुझाव दिएकी थिएँ ’।

कोरोना भाइरसको सन्त्रासका कारण यस वर्ष होलीको कार्यक्रम पनि नगरेकी करिश्मा अहिले घरमै परिवारसंग समय विताइरहेकी छन् । उनले हरेक होलीमा कलाकारहरुलाई घरमै बोलाएर रमाइलो गर्ने गरेकी थिइन् ।

करिष्माको टिप्पणीलाई लिएर कतिपयले ठीकै भनेको भने पनि कतिले भने यस्तो समयमा असान्दर्भिक तर्क गरेको भन्दै विरोध गरेका थिए । केही सञ्चार माध्यममा कलाकारले यस्तो बेलामा किन सहयोग गरेका छैनन् भन्ने समाचार आएपछि करिष्माले उक्त स्टाटस लेखेकी थिइन् । नेपालका कलाकारहरुलाई विदेशी कलाकारसंग दाँजेर सहयोगका लागि दवाव दिनु जायज पनि होइन । अन्य देशका कलाकारले जस्तो करोडौ कमाउने अवस्था नेपालका कलाकारको छैन । कतिपय कलाकार लकडाउनको समयमा आफै सहयोग माग्नुपर्ने अवस्थामा पनि पुगेका छन् । यस्तो अवस्थामा समाचार र सामाजिक सञ्जालवाट सहयोगका लागि दवाव दिँदा करिश्मा आक्रोशित भएको हुनसक्छ ।

Leave A Reply

Your email address will not be published.