८ महिनापछि हि’रासतबाट रिहा भयो भाले कुखुरा

0

एजेन्सी। पाकिस्तानको सिन्ध प्रान्तस्थित घोटमी जिल्लास्थित एक स्थानीय अदालतले ८ महिनादेखि पुलिसको हि’रासतमा रहेकोएउटा कुखुरालाई रि’हा गरी उसको मालिकलाई सुम्पिनका लागि आदेश दियो।

सिन्धका विभिन्न दुईवटा पुलिस चौकीमा पाँचवटा कुखुराहरु प्रहरी हि’रासतमा रहेकोमा अ’दालतमा आदेशपछि एउटा कुखुरा रि’हा भएको छ । भाले जुधाई खेलका क्रममा छापा मारेर पुलिसले ती कुखुरा प’क्राउ गरेको थियो।

स्थानीय जफर मिरानीले पुलिस हिरासतमा रहेको आफ्नो कुखुरा आफूले पाउनुपर्ने माग गरी स्थानीय अदालतमा मु’द्दा दायर गरेका थिए । सोही मु’द्दामा अदालतले कुखुरा रि’हा गरी मिरानीलाई हस्तान्तरण गर्न आदेश दिएको थियो । अदालतको आदेश अनुसार प्रहरीले उक्त भालेलाई हि’रासतमुक्त गरी मिरानीलाई सुम्पिएको हो।

कुखुरा जु’धाई खेल खेलाइरहेको बेला प्रहरीले कुखुरा मालिकलगायत झण्डै एक दर्जन मानिसहरु सहित उल्लेखित पाँचवटा कुखुरालाई पक्राउ गरेको थियो । कुखुरा मालिकहरु धरौटीमा रि’हा भएपनि मुद्दाको फै’सला नहुन्जेलका लागि कुखुराहरुलाई चौकीमै हि’रासतमा राखिएको थियो । प्रहरी चौकीमा ती कुखुराहरुलाई खुल्ला ठाउँमा खुट्टामा डोरी बाँधेर राखिएको थियो।

स्म’रण रहोस् पाकिस्तानका ग्रामीण क्षेत्रहरुमा कुखुराको भाले जुधाई खेल निकै लोकप्रिय छ । त्यसमा मोटो रकम बाजी समेत राखिन्छ र कुखुराको ख’तरनाक लडाइँका क्रममा कहिलेकाहीँ कुखुराको मृ’त्यु पनि हुन्छ । पाकिस्तानमा कुखुरा जुधाई खेल कानुनतः गैरकानूनी छ । कुखुरा जुधाउनेलाई एक वर्षसम्मको जे’ल तथा झण्डै ८ सय रुपैयाँ बराबरको रकम जरिवाना गर्ने कानून छ।

Leave A Reply

Your email address will not be published.