नेपालमा ह्वात्तै बढ्यो कोरोना संक्रमणको दर, आजमात्रै ४१८ जनामा कोरोना संक्रमणको पुष्टि

0

काठमाडौं, साउन १९ । नेपालमा आज ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा सोमबार थप ४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २० हजार ७५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

त्यस्तै नेपालमा सोमबार थप ३५८ जनाले कोरोनाका बिरामी डिस्चार्ज भएर घर फर्किएका छन् । नेपालमा योसँगै कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४ हजार ९६१ पुगेको छ ।

देशभर संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा जानकारी दिए । डा गौतमका अनु्सार नेपालमा ५ हजार ७ सय ३२ सक्रिय संक्रमित रहेको जानकारी दिए । नेपालमा यो समाचार तयार पार्दासम्म कुल पिसिआर परिक्षण ३ लाख ९८ हजार ९ सय ७१ जनाको जाँच गरिसकिएको डा गौतमले बताए । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.