नेपालमा आज थप ३५८ जनाले कोरोनालाई जितेर घर फर्के

0

काठमाडौं, साउन १९ । नेपालमा सोमबार थप ३५८ जनाले कोरोनाका बिरामी डिस्चार्ज भएर घर फर्किएका छन् । नेपालमा योसँगै कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४ हजार ९६१ पुगेको छ ।

देशभर संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा जानकारी दिए ।

डा गौतमका अनु्सार नेपालमा ५ हजार ७ सय ३२ सक्रिय संक्रमित रहेको जानकारी दिए । नेपालमा यो समाचार तयार पार्दासम्म कुल पिसिआर परिक्षण ३ लाख ९८ हजार ९ सय ७१ जनाको जाँच गरिसकिएको डा गौतमले बताए । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.