ए’सिड पी’डितको माग : आ’क्रम’णकारीलाई जन्मकै’दको स’जाय (भिडियो)
काठमाडौं। ते’जाब (ए’सिड) पी’डितहरुले आ’क्रमण गर्ने व्यक्तिलाई जन्मकै’दको माग गरेका छन् । प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिको बैठकमा उनीहरुले कमजोर द’ण्ड स’जायका कारण ए’सिड प्र’हार गर्ने घट’नाहरु बढिरहेको बताए ।
ए’सिड आ’क्रमणबाट पी’डित जेनी खडकाले कानूनमा द’ण्ड सजा’यको व्यवस्था कम हुँदा ए’सिड अ’क्रमणको घ’टना नरोकिएको बताइन्। ‘कानून अनुसार ५ वर्षदेखि ८ वर्ष सम्मको स’जाय अनुहार नै कुरुप भएकाहरुलाई छ।
के अरु शरिरको कुनै अर्थ नै छैन’, समितिमा जेनीले भनिन्, ‘मेरो त हातभरी छ, घाँटीभरी छ, अनुहार त मेरो बचेको छ त्यो मेरो भाग्यले बचेको हो । जहाँ परेपनि आखिर पी’डा त उस्तै नै हो ।’ उनले क्षतिपूर्ति भन्दा पनि उपचारको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्ने बताइन्। ए’सिड आ’क्रमणबाट पी’डित भएकी मुस्कान खातुनले ए’सिड प्रहार गर्ने अप’राधीलाई जन्म कै’द हुनुपर्ने माग गरिन्।
८ वर्ष सम्म कै’द सजाय हुने भएपनि अ’पराधीले विभिन्न कारणले चार वर्ष मै उन्मुक्ति पाउने भएकाले स’जाय कम भएको उनको तर्क थियो। ‘हाम्रो यो दाग कहिले पनि जाँदैन । यो दाग हाम्रो जीवन भरिका लागि नै बस्छ’, मुस्कानले भनिन्, ‘त्यसैले अप’राधिलाई जन्म कै’द नै हुनुपर्छ ।’
ए’सिड आक्र’मणबाट पी’डित संगीता मगरले पनि स’जाय कम हुँदा प्र’तिशोध लिने बढेको बताइन् । समितिले ए’सिड आ’क्रमण गर्नेहरुलाई दिइने द’ण्ड सजाय बढाउन सरकारलाई निर्देशन दिएको छ । समितिले कानूनलाई समय सापेक्ष परिमार्जन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
त्यस्तै समन्वयका लागि महिला बालबालिका मन्त्रालयलाई निर्देशन गरेको छ। साथै समितिले ए’सिड सर्वसुलभ उपलब्ध हुने अवस्था भएकाले प्रति’शोधको ह’तियार बनेको उल्लेख गर्दै क’डाई गर्न निर्देशन दिएको छ।
सेतोपाटीले तयार परेको यो भिडियो हेर्नुहोस: