होटल रेस्टुरेन्ट बन्द गर्ने सरकारको निष्कर्ष

0

काठमाडौं : काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण बढ्न थालेपछि सरकारले होटल रेष्टुराँहरू पुन: बन्द गर्नु पर्ने निस्कर्ष निकालेको छ।

व्यवस्थित रुपमा सञ्चालन नभएका उपत्यका भित्रका खाजा घर तथा रेस्टुरेन्टहरुबाट जोखिम बढेको भन्दै तिनलाई फेरि बन्द गराउने निष्कर्षमा सरकार पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार बसेको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसीए) को बैठकले यस्तो निर्णय गरेको हो।

उपत्यकामा सञ्चालित धेरै खाजा घर तथा रेस्टुरेन्ट न्यूनतम स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरी सञ्चालन गरेको जानकारी आएको भन्दै यसमा सुधार नगर्नेहरूलाई बन्द गर्ने निष्कर्ष निकालिएको मन्त्रालयका सह-प्रवक्ता डा. समिर अधिकारीले बताए।

Leave A Reply

Your email address will not be published.