काठमाडौंमा सोमवार संक्रमितको डरलाग्दो तथ्याकं, डब्लुएचओ नेपालले गर्यो यस्तो आग्रह

0

काठमाडौं । काठमाडौ उपत्यकामा सोमवार पनि ठूलो मात्रामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमवार काठमाडौं उपत्यकामा थप ५१ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा जिल्लामा ४३ जना संक्रमित थपिएका छन्।

केन्द्रीय प्रयोगशाला टेकु, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल, सशस्त्र प्रहरी कोरोना अस्पताल, स्टार अस्पताल लगायतका स्थानमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो। ललितपुरमा ३ र भक्तपुरमा ५ जना थपिएका छन्। योसँगै काठमाडौंमा ४९३, ललितपुरमा १०८ र भक्तपुरमा ६४ व्यक्तिमा कोरोना भएको छ।

साउन ७ गते लकडाउन खुल्नुअघि यी संक्रमित मध्ये धेरै जसो कोरोना जितेर घर फर्केका थिए। लकडाउन खुलेसगै संक्रमित थपिने क्रम बढिरहेको छ। सोमबार देशभरमा ४ सय १८ जना संक्रमित थपिएका छन् भने ३५८ जना कोरोना जितेर घर फर्किएका छन्।

नेपालस्थित विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रतिनिधि जोस भ्यान्देलियरले कोभिड(१९ संक्रमणको जोखिम न्यूनीकरणका लागि एक अर्काबिच दूरी कायम गर्न अपिल गरेका छन्।

पछिल्लो समय सरकारले लकडाउन हटाएपछि मानिसहरूले आफ्नो व्यवहारमा परिवर्तन नगरेका कारण कोरोना बढ्दै गएको भन्दै दूरी कायम गर्नु सबैभन्दा महत्वपूर्ण रहेको उनको भनाइ छ। तर मानिसहरुको भिडभाड बढ्न थालेपछि विश्व स्वास्थ्य संगठनको नेपाल प्रतिनिधि भ्यान्देलियरले दुरी कायम गर्न अपिल गरेका हुन्। खोक्दा अथवा छुँदा अर्को व्यक्तिमा सं क्र मण भइरहेको र एक अर्काबिच दूरी कायम गर्नु नै सबैभन्दा सुरक्षित उपाय भएकाले सावधानी अपनाउन उनले अपिल गरेका हुन्।

कम्तीमा १ मिटरको दूरी कायम गरेर क्रियाकलाप गर्न उनले आग्रह गरे। त्यस्तै मास्कको प्रयोग र हात धुने बानीले सं क्र मणको झिनो सम्भावना हुने भएकाले सबैलाई सजगताका साथ प्रयोग गर्नुपर्ने उनले उल्लेख गरे।

Leave A Reply

Your email address will not be published.