अब यी १२ अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना सं’क्रमितको उपचार हुने

0

काठमाडौं। नेपालमै पहिलो पटक प्लाज्मा थेरापीबाट उपचार सफल भएलगतै राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले देशभर यसलाई विस्तार गर्न लागेको छ । एनएचआरसीले कन्भलेसेन्ट प्लाज्मा थेरापीबाट कोरोना सं’क्रमितको उपचार गर्न १२ वटा अस्पताल तोकेको छ।

परिषद्का सदस्य सचिव प्रदीप ज्ञवालीका अनुसार सम्भाव्य अवलोकन क्लिनिकल स्टडीका लागि नौ सरकारी र तीन निजी अस्पताल छनोट गरिएको छ । सरकारीतर्फ त्रिवि शिक्षण अस्पताल, पाटन, शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल, नेपालगञ्ज मेडिकल कलेज, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी, नारायणी र धुलिखेल अस्पताल छन् । निजीतर्फ मेडिसिटी, ह्याम्स र ग्राण्डी अस्पताल कन्भलेसेन्ट प्लाज्माथेरापीबाट उपचारका लागि छनोट गरिएको छ।

दाता र रिसिभर दुबैको स्वेच्छाले मात्र यो विधिबाट उपचार गरिने बताईएको छ । दाता कोरोना सं’क्रमण भएर निको भएको, पछिल्लो १४ दिनसम्म कुनै लक्षण नदेखिएको र रक्तदानसम्बन्धी नेपाल रेडक्रस सोसाइटीको मापदण्ड पूरा भएको हुनुपर्नेछ । कन्भलेसेन्ट प्लाज्मा रिसिभर कोरोना संक्रमित, १८ वर्ष उमेर पुगेको रअस्पतालमा भर्ना भएको हुनुपर्नेछ । साथै स्वास्थ्य अस्वथा गम्भीर वा ज्या’न जो’खिममा पर्न सक्ने चिकित्सकको राय चाहिन्छ।

Leave A Reply

Your email address will not be published.