वीरगञ्जमा नेपाली सेना, डाक्टर, थुनुवा र पत्रकारसहित ३४ जनामा कोरोना संक्रमण पुष्टि

0

वीरगञ्ज, २० साउन । पछिलो २४ घण्टामा पर्सामा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमा नेपाली सेना, डाक्टर, थुनुवा र पत्रकारसमेत रहेका छन् । नारायणी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमितहरु बालकदेखि युवाअवस्था सम्मका रहेको नारायणी अस्पतालले जनाएको छ । अस्पतालका अनुसार संक्रमितहरु वीरगञ्जस्थित चण्डीप्रसाद गणमा कार्यरत नेपाली सेना शव व्यवस्थापनका लागि खटिदै आएका २८, ३० र ३२ वर्षका तीन नेपाली सेना, वडा प्रहरी कार्यालय विर्तामा रहेका थुनुवा २० वर्षका पुरुष, नेशनल मेडिकल कलेजको क्वाटरमा रहेर काम गर्दै गरेकी २८ वर्षीया महिला डाक्टर, नारायणी बयोधा अस्पताल प्रालि गण्डकमा कार्यरत ३४ वर्षीय पुरुष डाक्टर, नारायणी अस्पतालमै पारामेडिक्सको कन्ट्याक्ट ट्रेसिङ्मा परेका २१, २७ वर्षका दुई जना स्वास्थ्यकर्मी रहेका छन् ।

त्यस्तैगरी दुई बालक र चार महिलामा नयाँ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै एक सञ्चारकर्मीमा पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । बाँकी संक्रमितहरू स्थानीय रहेका छन् । उनीहरूकाे आइसोलेशनमा राखेर उपचार गरिने व्यवस्था मिलाइएको छ । हिजो मात्रै पर्सामा नेपाली सेना, प्रहरी र पत्रकारसहित ७३ जनामा कोराना संक्रमण पुष्टि भएको थियो ।

Leave A Reply

Your email address will not be published.