‘सरकार अब शव उठाएर सकिँदैन, देशभर कर्फ्यु लगाऊँ’

0

काठमाडौं । काठमाडौं लगायत मुलुकका विभिन्न जिल्लामा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्न थालेपछि फेरी लकडाउनको विषय उठेको छ । स्वास्थ्य मन्त्रालयले पत्र लेखेर गृहमन्त्रालयलार्य जोर विजोर सवारी चलाउन र लकडाउन गर्न सुझाव दिएको खबर बाहिरिएको छ । स्वास्थ्य क्षेत्रमा कार्यरतहरुले पनि कोरोना यसैगरी फैलिए अवस्था भयावह हुने भन्दै टिप्पणी गरेका छन् । काठमाडौमा सोमवार पनि ठूलो संख्यामा संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको सुझाव अनुसार अहिले राजधानी भित्रने सवारी साधनमा कडाई गरिएको छ । राजधानी भित्रिने नाका बन्द, सवारीसाधनमा पुन जोरबिजोर र कडा खालको दोस्रो लकडाउन गर्नुपर्ने जरुरी रहेको भन्दै गृहलाई सुझाव दिएको हो । जोरबिजोर पनि लागु गर्ने आन्तरिक तयारीमा सरकार जुटेको छ।

कोरोना संकट गम्भीर मोडतर्फ गइरहेका बेला एकजना वरिष्ठ चिकित्सकले भने लकडाउनले मात्र अवस्था नियन्त्रण गर्न नसकिने बताएका छन् । उनले केही दिन कफ्र्यु नै लगाउनु पर्ने सुझाव दिएका छन् । अब लकडाउनले मात्रै स्थिति सम्हाल्न नसकिने निचोड निकाल्दै उनले सामाजिक सञ्जाल मार्फत कफ्र्यु लगाउने सुझाव दिएका छन् ।

भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा। प्रेम ज्ञवालीले देशलाई कोरोना संकटबाट जोगाउने हो भने अब लकडाउन मात्रै नभएर कर्फ्यु नै लगाउनुपर्नेमा जोड दिएका छन्। अब ७७ वटै जिल्लामा २१ दिनलाई कर्फ्यु लगाऊँ, सिमाना पूरै बन्द गर सरकारु, उनले भने, ‘अन्यथा ला श उठाएर सकिने सम्भावना रहने छैन। उनले देश नै संकटमा परेको अवस्थामा नागरिकको मानवअधिकार भनेर बस्‍न नसकिने तर्क गरेका छन्। ‘यस्तो अवस्थामा ब्यक्ति विशेष र मानव अधिकार भन्‍ने कुरा रहँदैनु, उनले भनेका छन्, ‘नेपालीलाई लकडाउनले काम गर्दैन।’

Leave A Reply

Your email address will not be published.