कोरोनाको कहरबीच रोनाल्डोले किने विश्वकै महंगो कार, मुल्य थाहा पाएर पर्नुहुनेछ चकित्

0

काठमाडौं । कोरोनाको कहरकाबीच चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले विश्वकै महंगो कार किनेका छन् । उनले किनेको कार संसारकै महंगो र विलासी मानिन्छ । जसको मुल्य ७५ करोड रुपैया पर्छ ।

जुभेन्ट्स स्टार रोनाल्डोले ८ दशमलब ५ मिलियन युरो अर्थात्, ७५ करोड मुल्यको विलाशी कार बुगाटी ला भोइटर नोइर खरिद गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । कोरोनाको कहरकाबीच खेलाडीले यति महंगो कार किनेपछि अन्तराष्ट्रिय मिडियामा पनि चर्चा भएको छ । विश्वकै महंगो कार अहिलेसम्म १० पटक उत्पादन गरिएको छ ।

उनले तस्विर सार्वजनिक गर्दै यसवारे आफ्ना फ्यानलाई जानकारी गराएका हुन् । उनले सो कारसंगै बसेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । उक्त कारसँगै बसिरहेको एक तस्बिर समेत इन्सटाग्राममार्फत् सार्वजनिक गरेका हुन् । उक्त कार प्रतिघण्टा ३ सय ८० किलोमिटरसम्म गुड्न सक्छ । साथै २ दशमलब ४ सेकेन्डमा ६० किलोमिटर ।

२०२१ सम्म यो कार रोनाल्डोको हात पर्ने बताइएको छ । साथै यो कार रोनाल्डोको हात पुग्ने बेलासम्म जम्मा ३० मिलियनसम्म पर्नसक्ने बताइन्छ ।

Leave A Reply

Your email address will not be published.