कोरोनाको जोखिम बढेपछि फेरी कफ्र्यु

0

काठमाडौं । तीन दिनका लागि भन्दै जारी गरिएको निषेधाज्ञा बाँकेको नेपालगन्जमा फेरी बढाइएको छ । कोरोनाको अवस्था जटिल बनेको निष्कर्ष निकाल्दै जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा फेरी बढाउने निर्णय गरेको हो । बाँकेमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएपछि निषेधाज्ञा जारी गरिएको थियो ।

आइतवार देखि तीन दिन लगाइएको निषेधाज्ञा फेरी बढाइएको हो । समुदाय स्तरमै कोरोना फैलिएको निष्कर्ष निकाल्दै प्रशासनले आइतवार देखि लगाईको निधेषज्ञा बढाएर आगामी शनिवार सम्मका लागि लगिएको छ । जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९डिसीसीएमसी०को बैठकले आगामी शनिबारसम्मका लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको बाँके प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिए ।

समुदाय स्तरमै कोरोना पोजेटिभ केस बढ्दै गएपछि जिल्ला स्तरीय कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको आज बसेको बैठकले आईतबारदेखि जारी निषेधाज्ञा आगामी शनिबार रातीसम्म जारी रहने प्रजिअ कुरुम्वाङ्गले बताए ।

जिल्ला प्रशासन कार्यालयमा बसेको केन्द्रको बैठकमा निषेधाज्ञा हटाउने की थप गर्ने भन्ने विषयमा छलफल हुदाँ थप केही दिन निषेधाज्ञा लम्बाउने निर्णय गरिएको हो ।यसअघि आईतबारदेखी लागु गरिएको निषेधाज्ञाको अवधि मंगलबार राती १२ बजेबाट सकिदैं थियो । नयाँ निर्णय अनुसार आगामी शनिबार राती १२ बजेसम्म बाँके जिल्लाभर निषेधाज्ञा लागु हुने भएको छ ।

Leave A Reply

Your email address will not be published.