कोरोना महामरीकोबिचमा अमेरिकाको क्यालिफोर्निया फेरी अर्को विपत, भीषण आगलागीपछि चालियो यस्तो कदम

0

काठमाडौं, साउन २०-अमेरिकाको क्यालिफोर्निया जंगलमा भीषण डढेलो लागेको छ । शुक्रबारदेखि लागेको भीषण डढेलोका कारण ८ हजारभन्दा बढी मानिस विस्थापित भइसकेको बताइएको छ । अन्तराष्टिय मिडियाका अनुसार एप्पल फायर नाम दिइएको डढेलो आइतबारसम्म २० हजार एकड जंगल क्षेत्रमा फैलिसकेको बताइएको छ ।

क्यालिफोर्नियाको डढेलो नियन्त्रण विभागले स्थानीय नागरिकलाई सुरक्षित स्थानमा गएर बस्न आह्वान गरेको छ। डढेको नियन्त्रणका लागी १३ सयभन्दा बढी फायर फाइटर्स आगलागी नियन्त्रणमा जुटेको बताइएको छ । क्यालिफोर्नियाको दक्षिणी क्षेत्रमा यसको धेरै असर देखिएको छ।

अर्को समाचार, बाढीपहिरो पीडितलाई प्रदेश सरकारले घर बनाइदिने- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले प्रदेशभरिका बाढीपहिरा पीडितको घर प्रदेश सरकारले बनाउने बताउनुभएको छ । गृहजिल्ला लमजुङस्थित आज मस्र्याङ्दी गाउँपालिका–३ तरापु पल्लोटारीका बाढीपहिरा प्रभावितलाई घटनास्थलमा नै पुगी राहत वितरण गर्दै मुख्यमन्त्री गुरुङले लमजुङलगायत प्रदेशका विभिन्न जिल्लामा बाढीपहिराले मानवीय नोक्सानसहित घर भत्किएका परिवारको घर प्रदेश सरकारले बनाउनेछ भन्नुभयो । बाढीपहिराका कारण प्रदेशभरि करिब ५०० घर बनाउनुपर्ने बताइएको छ ।

बाढीपहिरा पीडितको घर निर्माणका लागि सङ्घीय सरकारले भूकम्प पीडित सरह राहतस्वरुप रु तीन लाख उपलब्ध गर्ने निर्णय गरिसकेको र यसबाहेक आवश्यक रकम प्रदेश सरकारले थपेर घर निर्माण गर्ने उहाँको भनाइ छ । ‘‘सुरक्षित स्थानमा प्रदेश सरकारले घर निर्माण गर्नेछ भूकम्पको जस्तो आवास पुनःनिर्माणमा ढिलाइ हँुदैन’’, मुख्यमन्त्री गुरुङले भन्नुभयो । सबै घरहरु निर्माण सम्पन्न हुनका लागि कम्तिमा साढे दुई वर्षदेखि तीन वर्ष लाग्ने मुख्यमन्त्री गुरुङको भनाइ छ ।

यही साउन ७ र ८ गते गएको पहिराले पूर्ण क्षति बनाएको तरापु पल्लोटारीका २१ घरलाई राहत वितरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले बाढीपहिरो पीडित २१ घरलाई आर्थिक सहयोग गरेको हो । राहत मुख्यमन्त्री गुरुङले बाढीपहिरो पीडितलाई हस्तान्तरण गर्नुभएको थियो । पाँच जनाभन्दा कम परिवार भएका १९ परिवारलाई प्रत्येक परिवारलाई रु १५ हजार र पाँच जना परिवारभन्दा बढी भएको परिवारका दुई जनालाई रु २० हजारका दरले गरी कूल रु तीन लाख २५ हजार सहयोग गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.