प्रदेश नं. १ मा कोरोनाको ‘थ्रोट स्वाब’ परीक्षणमा ८५ जनाको रिर्पोट नेगेटिभ

0

भद्रपुर, २६ चैत- प्रदेश नं. १ मा मङ्गलबारसम्म कोरोना भाइरसको ‘थ्रोट स्वाब’ परीक्षणमा ८५ जनाको रिर्पोट नेगेटिभ आएको छ । प्रदेशमा हालसम्म ९० जनाको ‘थ्रोट स्वाब’ सङ्कलन गरी परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएकामा ८५ को रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश नं १ कोरोना सूचना डेस्कले जनाएको छ । प्रदेशमा हाल विभिन्न स्थान गरी २५४ क्वारेन्टाइनमा चार हजार ११५ श्यया छन् ।

अहिलेसम्म दुई हजार ८८५ जना क्वारेन्टाइमा बसेका छन भने आइसोलेसनमा बसेका २१ जना डिस्चार्ज भएको सूचना डेस्कले जनाएको छ । प्रदेश सरकारले विभिन्न अस्पतालमा आइसोलेसन कक्ष तयार गरेर उपचार व्यवस्था गरेको छ । (रासस)

Leave A Reply

Your email address will not be published.