कोरोना भाइरस चीनकै सैनिक ल्याबबाट आएको चिनियाँ वैज्ञानिकको दाबी
अमेरिका। एक चिनियाँ संक्रमण रोग विशेषज्ञले कोरोना भाइरस चीनको सैनिक ल्याबबाट आएको दाबी गरेकी छिन् । हङकङबाट अमेरिका भागेकी डा. ली मेङ–यनले जनमुक्ति सेनासँग सम्बन्धित ल्याबबाट सार्स–कोभ–२ (कोभिड–१९) भाइरस आएको बताएकी हुन्।
यसअघि पनि भाइरस कुनै सामुद्रिक बजारबाट नआई ल्याबबाट आएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप लगाएका थिए । तर चीनले त्यसको कडा शब्दमा खण्डन गरेको थियो । यसैबीच डा. लीले व्यक्तिबाट व्यक्तिमा भाइरस सरेको विषयमा अनुसन्धान गर्दा सैनिक ल्याबबाट आएको पत्ता लागेको दाबी गरेकी हुन् । ल्यूड प्रेससँग प्रत्यक्ष कुरा गर्दै उनले पहिले यसलाई आफूले ग’म्भीर रूपमा नलिएको बताएकी छिन् । ‘त्यतिबेलै चिनियाँ कम्यूनिस्ट पार्टी सैनिक ल्याबबाट भाइरस आएको विश्वस्त थिएँ’, डा. लीले भनिन्, ‘वुहानको सामुद्रिक बजार त बहाना मात्र हो।’
डा. लीले आफ्नो ज्या’न ख’तरामा हुने भएकाले पहिले यसबारे मुख नखोलेको बताएकी छन् । ‘हङकङका बहादुर प्रदर्शनकारीझैँ म पनि मेटिन सक्थेँ, त्यो मलाई थाहा थियो’, उनले भनिन्, ‘म जतिखेरै पनि मेटिन सक्थेँ । मेरो नाम पनि केही समय रहँदैन थियो ।’ तर चीनले यो दाबी अस्विकार गरेको छ । यसैगरी वैज्ञानिकहरूले भाइरस वुहान सहरको सामुद्रिक बजारबाट फैलिएको बताउँदै आएका छन् । उनीहरूका अनुसार यो भाइरस जनावारबाट मानिसमा सरेको हो।