कोरोना निको पार्ने भन्दै इरानमा मानिसहरू क’डा अ’ल्को’हल पिउँदै, ६०० जनाको मृ’त्यु

0

एजेन्सी। इरानमा कोरोनाभाइरस ठीक पार्ने भन्दै क’डा अ’ल्को’हल पिउने ६०० भन्दा बढीको मृ’त्यु भएको छ भने हजारौंजनालाई वि’ष लागेको छ। ६०० भन्दा बढीको मृ’त्यु भएको र लगभग तीन हजारजना अस्पतालमा रहेको इरानी न्यायपालिकाका प्रवक्ता गोलाम होसेन इस्माइलीले बताए।

‘यो ड’रलाग्दो संख्या हो र हाम्रो अपेक्षाभन्दा परको कुरा हो,’ इस्माइलीले बताए । ‘अल्कोहल पिउनु कुनै उपचार हैन, उल्टो यसले ज्या’न लिन सक्छ ।’ सरकारी समाचार संस्था तस्निम न्युज एजेन्सीसँग कुरा गर्दै उनले भने, ‘हामीले थुप्रजनालाई प’क्रा’उ गरेका छौं र उनीहरूमाथि निर्णायक कारवाही गरिनेछ।’

‘उनीहरूलाई अपराधी काम गरेको अनि नागरिकहरूको मृ’त्यु र क्ष’ति गराएकोमा जवाफदेही बनाइनेछ ।’ अहिलेसम्म कोरोनाभाइरसको औषधि पत्ता लागिसकेको छैन र लक्षणहरूलाई कम गराउने सीमित औषधिहरू मात्र छन् । इरान पनि कोरोनाभाइरसबाट बढी आ’क्रा’न्त मुलुकमध्ये एक हो । त्यहाँ ३८ सय ७२ जनाको मृ’त्यु कोरोनाकै कारण भइसकेको छ।

Leave A Reply

Your email address will not be published.