सेती अञ्चल अस्पतालमा परीक्षण गरिएका ६५ मध्ये चार जनाकाे रिपाेर्ट ‘पाेजेटिभ’
कैलाली : सेती प्रदेशिक अस्पताल कैलालीमा कोरोना भाइरस परीक्षण गरिएका ६५ जनामध्ये ४ जनामा मात्रै पोजिटिभ रिपोर्ट आएको अस्पतालले बताएकाे छ ।अस्पतालले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो।
अस्पतालका अनुसार हालसम्म उपचाररत बिरामीको संख्या २९ पुगेकाे र प्रयोगशालामा जम्मा ६५ जनाको परीक्षण गरिएको हाे। अस्पतालका अनुसार हालसम्म ५० जनाकाे रिपोर्ट नेगेटिभ आएकाे छ। त्यस्तै रिपोर्ट आउन बाँकी ११ जना रहेकाे अस्पतालका प्रमुख एवम् मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेयले बताए।
पाण्डेयका अनुसार नेगेटिभ रिपोर्ट आउने सबै निको भएर घर गइसकेका छन् । पोजेटिभ देखिएका ४ जनासहित ५ जनाको मात्र आइसोलेसनमा राखेर उपचार भइरहेको उनले बताए । ४ जनामा भने यसअघि नै कोरोना संक्रमण पोजेटिभ देखिएको रिपार्ट आएको थियो ।