कोरोनाका कारण थप एक जनाको मृ’त्यु;समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिसकेको हुनसक्छ

0

धनुषामा कोरोनाबाट थप एक जनाको मृ’त्यु भएको छ ।योसँगै धनुषामा कोरोनाले मृ’त्यु हुनेको सङ्ख्या तीन पुगेको छ । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको कोभिड–१९ विशेष अस्पतालमा करिब १८ दिनदेखि आइसीयूमा उपचाररत विदेह नगरपालिका–८ निवासी ६० वर्षीय पुरुष बद्री मण्डलको कोरोनाको सङ्क्रमणबाट मृ’त्यु भएको धनुषाका प्र. जि.अ. प्रेमप्रसाद भट्टराईले जानकारी दिए । मण्डलको गए राति कोभिड निमोनियाका कारण मृ’त्यु भएको कोभिड–१९ अस्पतालका संयोजक डा जामुनप्रसाद सिंहले बताए । डा सिंहका अनुसार मृ;तक मण्डल क्षयरोगले पनि सिकिस्त थिए ।

प्रमुख जिल्ला अधिकारी भट्टराईले भने, “मृ;तक मण्डलको ट्राभल हिस्ट्री छैन, धनुषामा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिसकेको हुनसक्छ ।”मृ;तकको श;व नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरिरहेको प्रजिअ भट्टराईले बताए । मृ;तकको श;व अहिले प्रादेशिक अस्पतालमै राखिएको छ । यसअघि आइतबार मृ;त्यु भएका एक पुरुषमा सोमबार कोरोना पुष्टि भएको थियो ।

Leave A Reply

Your email address will not be published.