पूजा शर्माले आँफुलाई दाह्रा निस्किएको भन्ने आरोप लगाएका पत्रकारलाई दिइनन् माफी, कानुनी लडाई लड्ने भन्दै चालिन् अर्को यस्तो कदम

0

कठमाडौं । अभिनेत्री दीपाश्री निरौलासँगको अन्तरवार्ता एकाएक भाइरल बन्यो । दीपाश्रीले राजेश महानायक हुन् र भनी देखाएको आश्चर्यमा दर्शकले श्रीपाविरुद्ध कडा प्रहार गरे र दीपाले माफी मागीन् । त्यस्तै नायिका पूजा शर्माले नेपालमा कति जिल्ला छन् नै पत्तो नपाएको भिडियो सर्वाधिक ट्रोल बन्यो । पूजाले आँफुले आगमी दिनमा सामान्य ज्ञानको पनि जानकारी राख्ने भन्दै माफी मागीन् विषयले फेरी सामसुम रुप लियो । विस्तारै सबैले बिर्सदै गएका बेला प्रकाशले च्यानल फेरे । यसअघि प्राइम टिभीमा लिएको अन्तरवार्ता भाइरल गराएका प्रकाश आँफै भाइरल पत्रकार बन्न पुगे । कारण हो पूजालाई दाह्रा निस्किएकी नायिका भनेर । प्राइम टिभी छाडेर एपिवान गएका प्रकाशले हद पार गरेर पूजा विरुद्ध खनिए । त्यो पनि अन्तरवार्तामा नआएको भन्ने झोकमा ।

प्रकाशले कार्यक्रम रजतपटमा दिएको अभिव्यक्तिको चौतर्फी आलोचनापछि टेलिभिजन प्रस्तोता प्रकाश सुवेदीले सोमबार माफी मागे तर उनी दर्शक र कलाकारको नजरबाट भने गिरीसकेका छन् । प्रकाशले कार्यक्रममा ुदाह्राु शब्दको प्रयोग गर्न नहुने भन्दै गल्ती भएको भन्दै उनले भन्दै दुवै हात जोडेर पटक पटक क्षमायाचना गरेपनि नायिका पूजा शर्माले उनको त्यो आरोप क्षमायोग्य नै नभएको जिकिर गरेकी छिन् ।

नायिका शर्माले पत्रकार सुवेदीले ुघमन्ड र दम्भसहित राष्ट्रिय टेलिभिजनमा सम्पूर्ण कलाकारको अपमान गरेका कारण उनले त्यति सजिलै माफी नपाउने भन्दै पत्रकार सुवेदीलाई कारवाहीको माग नै गर्दै सूचना विभागमा समेत उजुरी हालेकी छिन् । नायिका शर्माले माफी नदिने बताएका बेला पत्रकार सुवेदीले भने आँफु विगत १४ वर्षदेखि पत्रकारितामा सक्रिय रहेको र यस्ता हण्डर ठक्कर पटक पटक खाएको जिकिर गर्दै पूजाले कानुनी लडाई लडेमा आँफुले त्यसको सामना गर्न तयार रहेको एक युट्युव च्यानलाई दिएको अनतरवार्तामा बताएका छन् ।

Leave A Reply

Your email address will not be published.