साउदीमा कोरोना सङ्क्रमित चार जना नेपालीमध्ये तीन जना नेपाली निको भए

0

काठमाण्डाै – साउदीमा कोरोना सङ्क्रमित चार जना नेपालीमध्ये तीन जना निको भएका छन् ।साउदीमा रहेको नेपाली दूतावासले कोरोना सङ्क्रमित चारमध्ये तीन जना निको भएको र एक जनासँग सम्पर्कमा रहेको जनाएको छ । खाडीका देश र मलेसियामा अहिलेसम्म २९ जना नेपाली सङ्क्रमित भएका छन् । यूएईमा दुई जना सङ्क्रमित नेपाली यसअघि नै निको भइसकेका छन् ।खाडीका देश र मलेसियामा अहिलेसम्म २९ जना सङ्क्रमित भएका छन् । जसमध्ये यूएईमा दुई जना सङ्क्रमित नेपाली यसअघि नै निको भइसकेका छन् ।

यस्तो छ दुताबासले फेसबुक मार्फत दिएको नेपाली नागरिकको पछिल्लो अवस्था र अन्य जानकारी ।१. साउदी अरबमा कोरोनाको संक्रमण हुनु भएका ४ जना नेपाली नागरिकहरु मध्ये ३ जना निको भइ काममा फर्किनुभएको सबैमा जानकारी गराइन्छ । नेपाली राजदूतावास उहाँहरुसँग सम्पर्कमा रहिरहेको छ । थप नेपालीहरुमा संक्रमण भएको जानकारी प्राप्त भएको छैन ।२. आज मिति २०७६।१२।२६ (अप्रिल ८, २०२०) मा साउदी अधिकारीहरुले जारी गरेको तथ्यांक अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या २९३२ पुगेको छ । आज थप १३७ जनामा संक्रमण भएको छ । कूल संक्रमितहरु मध्ये हालसम्म ६३१ जना निको भएका छन् ।

३. साउदी स्वास्थ्य मन्त्रीले कोरोना नियन्त्रणको प्रयासमा सबैको साथ सहयोग भएमा मात्र सरकार सफल हुने र संक्रमित हुनेहरुको संख्या घट्ने उल्लेख गर्दै सरकारका प्रयासहरुमा सहयोग गर्न सबैलाई अनुरोध गर्नुभएको छ । उहांले We are all responsible भन्ने नारालाई आत्मसात गर्न पनि सबैलाई अनुरोध गर्नुभएको साउदी सरकारी समाचार एजेन्सीले जनाएको छ ।केहि अध्ययन र सिफारिसहरुलाई उल्लेख गर्दै उहाँले सर्वसाधारणकाे सहयोग नभएमा साउदी अरबमा आउँदा केही हप्तामा कोरोना भाइरसको संक्रमण भयावह हुने र १० हजार देखि २लाख जनामा यो संक्रमण फैलन सक्ने चेतावनी दिँदै सहयोगको अनुरोध गर्नुभएको हो ।

तपाई हामी नेपाली कोही पनि कोरोना संक्रमणको कारण वा शिकार नबनौँ । स्थानीय सरकारका प्रयासमा पूर्णरुपमा साथ दिऔँ।४. विदेशी नागरिकहरुसँग काम गर्दा, हिँडडुल, उठवस वा बजार गर्दा पूर्ण सावधानीका साथ गर्नुहुन, एक अर्काबीच दुरी कायम गर्नुहुन र कुनै पनि व्यक्ति वा सरसामानलाई अनावश्यक छुने वा स्पर्श गर्ने नगर्नुहोला ।

Leave A Reply

Your email address will not be published.