बेलायतमा कोरोना भाइरसको संक्रमणबाट अर्का भूपू गोर्खा सैनिकको पनि निधन

0

काठमाडौं, २७ चैत । बेलायतमा कोरोना भाइरसको संक्रमणका कारण थप एक नेपालीको ज्यान गएको छ । पूर्व गोरखा सैनिक पर्वत जिल्ला नेपाली ठेगाना भएका चेतप्रसाद गुरुङको बेलायतको ह्यारोस्थित नर्थविक पार्क अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको बताइएको छ ।

उनी लामो समयदेखि श्रीमतीका साथ बेलायतको अल्पर्टनमा बस्दै आएका थिए । ५९ बर्षीय गुरुङ १४ दिनदेखि कोरोना भाइरसबाट ग्रसित थिए ।

यसअघि पनि बेलायतमा २ नेपालीको कोरोना भाइसको कारण ज्यान गएको थियो ।

Leave A Reply

Your email address will not be published.