कोरोना कारण अमेरिकामा रहेका निमा तेम्बा शेर्पाको मृत्यु

0

काठमाडौं, २७ चैत । कोरोना भाइरस (कोभिड-१९) संक्रमणले अमेरिकामा थप एक नेपालीको मृत्यु भएको छ । सोलुखुम्बुको सोताङ गाउँपालिका-४ दिम्बल घर भइ १३ वर्षदेखि अमेरिका बस्दै आएका ४३ वर्षीय ङिमा तेम्बा शेर्पाको मृत्यु भएको हो ।

संयुक्त शेर्पा संघ अमेरिकाकाे अनुसार क्विन्सको एल्मर्स्ट अस्पतालमा उनकाे मृत्यु भएको हाे । केही दिन अघि अस्पताल र परिवारका सदस्यबिच भएको गलत बुझाईका कारण उनको मृत्यु भएको भनी सामाजिक सञ्जाल र सञ्चारमाध्याममा समाचार प्रकाशन भएको थियो ।

शेर्पा किदुग अमेरिकाको आजीवन सदस्य निमाका एक छोरा र एक छोरी छन् । उनी विगत १३ वर्षदेखि अमेरिकाको न्यूयोर्कमा बस्दै आएका थिए । यसअघि ५० वर्षीय अनिल सुब्बाको पनि कोरोना संक्रमणले मृत्यु भएको थियो ।

Leave A Reply

Your email address will not be published.