को’रोनाबाट अमेरिकामा आज एकैदिनमा १९ को मृत्यु, ९८७ संक्रमित

0

एजेन्सी , अमेरिकामा को’रोना संक्रमणबाट आज एकैदिनमा १९ जनाको मृ’त्यु भएको छ । अमेरिकामा अब मृ’तकको संख्या ८७ पुगेको छ ।आजै थप ९८७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । अमेरिकामा कुल संक्रमितको संख्या ४६६७ पुगेको छ ।अमेरिकामा सफल उपचार गरिएकाहरु ७४ जना छन् भने ४४९४ जनाको अवस्था सा’मान्य रहेको छ । १२ जनाको अवस्था भने ग’म्भिर रहेको जनाइएको छ ।अमेरिकाका ४९ राज्य, वासिंटन डिसी, युएस भर्जिन आइल्याण्ड, पोर्तोरिकोमा को’रोना संक्रमण पुष्टी भइसकेको छ ।

वेष्ट भर्जिनियामा अहिलेसम्म कसैमा संक्रमित भएको पुष्टी भएको छैन ।न्युयोर्कमा ९५० संक्रमितमध्ये ५ जनाको मृ’त्यु भएको छ । न्युजर्सीमा १७८ संक्रमितमध्ये २ जनाको मृ’त्यु भएको छ । वासिंटन राज्यमा मृ’तकको संख्या ४० पुगेको छ ।को’रोना संक्रमणबाट उत्पन्न आर्थिक अवस्थासँग जु’ध्न रि’पब्लिकन सिनेटर मिट रो’म्नीले हरेक अमेरिकी बयस्कलाई एकहजार डलर दिने प्र’स्ताव गरेका छन् । काम गर्ने अमेरिकनको आर्थिक स्थायीत्वका लागि रोम्नीको कार्यालयले रुपरेखा तयार गरेको छ ।अमेरिकी संसदले सन् २००१ र सन् २००८ को आर्थिक मन्दीका बेलामा पनि यस्तै व्यवस्था गरेको रोम्नीले जनाएका छन् ।

त्यसका अतिरिक्त रोम्नीले प्रभावित साना विजनेशहरुलाई सहयोग उपलब्ध गराउने पनि प्रस्ताव तयार पारेका छन् ।पूर्व अमेरिकी राष्ट्रपति जर्ज बुसका आर्थिक सल्लाहकार ग्रेक म्यानक्वुले रोम्नीको रुपरेखाको स्वागत गरेका छन् । उनले आफू भएको भए हरेक अमेरिकनलाई तुरुन्तै एकएकहजार अमेरिकी डलर सहयोग गरिसक्ने बताएका छन् ।यसरी हरेक अमेरिकनलाई एकएकहजार डलर दिंदा कुल रकम ३५० बिलियन हुने पूर्व राष्ट्रपति बराक ओबामाका सल्लाहकार ज्यासन फुर्मानले बताएका छन् ।अमेरिकामा को’रोना संक्रमितको संख्या ४६६३ पुगेको छ भने ८६ जनाको मृत्यु भएको छ ।

आजै ९८३ मा संक्रमण देखिएको हो भने १८ जनाको मृ’त्यु भएको हो ।मेरिल्याण्डमा आज बेलुका ५ बजेदेखि रेष्टुरेण्ट ब’न्द गरिएको छ । मेरिल्याण्ड ग’भर्नर ल्यारी होगनले सोमबार बेलुकादेखि रेष्टुरेण्ट, बार, ठूला जमघट ब’न्दको घो’षणा गरेका हुन् । तर रेष्टुरेण्टहरुले डेलिभरी, टेकआउट र ड्राइभ थु्र अफर गर्नसक्ने जनाइएको छ ।मेरिल्याण्ड राज्यमा पनि ५० भन्दा धेरै व्यक्ति एकठाउमा जमघट हुन प्र’तिबन्ध लगाइएको छ । मनोरञ्जन र धार्मिक प्रयोजनका लागि समेत यस्तो ज’मघटमा प्र’तिबन्ध लगाइएको छ ।यो कार्यकारी आदेश अनिवार्य कार्यान्वयन गर्नुपर्ने गभर्नरले बताएका छन् ।

मेरिल्याण्डमा कोरोना संक्रमितको संख्या ३७ पुगिसकेको छ ।न्युयोर्क, न्युजर्सी र कनेक्टिकटमा ५० जनाभन्दा धेरै व्यक्ति एकै स्थानमा भेला हुन प्र’तिबन्ध लगाइएको छ । न्युयोर्कका गभर्नर एन्ड्रयु कुमो, न्युजर्सीका गभर्नर फिल मर्फी र कनेक्टिकटका गभर्नर नेड लामोन्टले यस्तो घोषणा गरेका हुन् ।यी तीन वटै राज्यहरुमा जीमखाना, क्यासिनो र सिनेमाघरहरु ब’न्दको घो’षणा गरिएको छ । यी सबै आज बेलुका ८ बजेदेखि अ’निश्चितकालका लागि ब’न्द गरिएको छ ।यसैबीच न्युजर्सीमा क’र्फयु आ’देश जा’री गरिएको छ ।त्यहाँका बासिन्दाहरुलाई अब बेलुका ८ बजेदेखि विहान ५ बजेसम्म यात्रा गर्न प्र’तिबन्ध लगाइएको छ ।

न्युजर्सीका गभर्नर फिल मर्फी यस्तो आ’देश जा’री गरेका हुन् । अत्वाश्यकबाहेकका अन्य काममा अब स्थानीयबासिन्दाहरु घरबाहिर नि’स्कन नपाउने जनाइएको छ ।यो प्र’तिबन्धबाट कस्तो प्र’भाव पर्नेछ भन्ने अहिले नै आ’कलन गर्न मुस्किल रहेको छ । खासगरी बेलुका ८ बजेपछि काम गर्नेहरुलाई यसले पार्ने प्रभावको आ’कलन अहिले नै गर्न क’ठिन छ ।अमेरिकाको लस एन्जलसका रेष्टुरेण्ट, सिनेमाघर र बार मार्च ३१ सम्म ब’न्द गरिएको छ । त्यहाँका मेयर ए’रिक ग्रासेटीले कोरोना संक्रमणबि’रुद्ध ल’ड्न यस्तो क’दमको घो’षणा गरेका हुन् ।

आइतबार रातीदेखि नै लस एन्जलसका रेष्टुरेण्ट, सिनेमाघर र बार लगायत ब’न्द गरिएको छ ।त्यस्तै मंगलबारदेखि न्युयोर्कका कैयन रेष्टुरेण्ट र बारहरु ब’न्द हुने भएका छन् । न्युयोर्कमा मंगलबारदेखि ५० हजार भन्दा धेरै रेष्टुरेण्टहरु ब’न्द हुने भएका छन्, जहाँ ८ लाख कामदारहरु काम गर्छन् । न्युयोर्कका मेयर बिल ब्लाजिओले भोलि यसबारे एउटा कार्यकारी आदेशमा ह’स्ताक्षर गर्ने भएका छन् । जस अनुशार मंगलबार विहान ९ बजेदेखि न्युयोर्कका टेकआउट र डेलिभरीबाहेकका रेष्टुरेण्ट र बारहरु ब’न्द हुने भएका छन् ।त्यस्तै सिनेमाघर, कन्सर्टस्थल, ना’इटक्लब, थियटरहरु पूर्णरुपमा ब’न्द गरिने भएको छ ।

आफूले यो नि’र्णय हलुका रुपमा नगरेको बरु न्युयोर्कले कोरोना भाइरसको कारण भोग्नुपरेको अवस्थाले ब’न्द गर्नुपरेको उनले बताएका छन् ।न्युयोर्कका मेयरले सोमबारदेखि विद्यालयहरु ब’न्दको घो’षणा गरका थिए । मेयर ब्लाजिओले भोलिदेखि अप्रिल २० सम्मका लागि न्युयोर्क सिटीका विद्यालयहरु ब’न्दको घो’षणा गरेका छन् । न्युयोर्कमा विद्यालय ब’न्दको घो’षणा नगर्दा शिक्षक र अभिभावकबाट मेयर ब्लाजिओले आ’लोचनाको सा’मना गर्नुपरेको थियो ।मार्च २३ बाटै विद्यार्थीहरुलाई टाढैबाट सि’काउने प्रकृयाको सुरुवात हुनसक्ने मेयर ब्लाजिओले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.