काठमाडौंबाट घर जाँदै हुनुहुन्छ ? यी ठाउँमा पाइन्छन् गाडी

0

काठमाडौं। सरकारले काठमाडौं उपत्यकाबाट बाहिरिन चाहनेहरुका लागि विभिन्न स्थानबाट सार्वजनिक बसको व्यवस्था मिलाउने भएको छ । कोरोना रोकथाम तथा नि य न्त्र ण उच्चस्तरीय समन्वय समितिको बिहीबारको बैठकले उपत्यकामा अलपत्र परेकाहरुलाई शुक्रबार र शनिबार दुई दिन घर जान दिने निर्णय गरेको थियो ।

उक्त निर्णय कार्यान्वयनका लागि गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई जिम्मेवारी दिइएको छ । काठमाडौंको गौशाला, कोटेश्वर, पुरानो बसपार्क, नयाँ बसपार्क, कलंकी र बल्खुलगायत स्थानमा गाडी व्यवस्था मिलाइएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले जानकारी दिए ।

साविकको भाडामा लामो दूरीका यात्रुलाई गन्तव्यमा पु(याइने छ । सरकारले यातायात व्यवसायीलाई उपत्यकामा भएका बस तथा माइक्रोबसमा यात्रु लैजान आग्रह गरेको छ । निजी क्षेत्रका सवारीले मात्र नधान्ने अवस्था आए सरकारले समेत गाडी व्यवस्था गर्ने भएको छ । यस्तै त्यसरी जाने गाडीको सुरक्षाकर्मीले स्कर्टिङ गर्नेछन् ।

काठमाडौं छाड्न पाइने, भित्रन नपाइने यस्तो छ कारण

कोरोना रोकथाम तथा नि यन्त्र ण समन्वय समितिले लामो लकडाउनका कारण काठमाडौं उपत्यकामा सेल्फ क्वारेन्टाइनमा बसेकाहरुलाई शुक्रबार र शनिबार दुई दिन घर फर्कन दिने निर्णय ग(यो ।

तर, उपत्यका बाहिरबाट भने भित्रिन नदिने निर्णय गरेको छ । काम विशेषले उपत्यका बाहिर गएकाहरु विभिन्न जिल्लामा अ ल पत्र परेका छन् । तर, उनीहरु भने आउन पाउने छैनन् ।

काठमाडौं उपत्यका तुलनात्मक रुपले अन्यत्रभन्दा कोरोना भाइरस (कोभिड–१९) सं क्रम ण को कम जोखिमपूर्ण क्षेत्र भएको र धेरै मानिस यहाँ रहँदा खाद्यान्नसहित अत्यावश्यक बस्तुको आपूर्ति असहज हुने सम्भावनालाई मध्यनजर गर्दै जान दिने निर्णय गरिएको एक मन्त्रीले बताए ।

तर, बाहिर सं क्रम ण को जोखिम उच्च रहेकाले मानिस आवतजावत गर्दा सं क्रम ण भित्रन सक्ने सम्भावनालाई मध्यनर गरेर उक्त निर्णय गरिएको ती मन्त्रीले बताए ।

‘खास गरेर घर जान दिने उद्देश्यले यो निर्णय भएको हो’, उनले भने, ‘काठमाडौंमा बाहिर घर भएका दैनिक ज्यालादारी गरेर खाने मजदुर, अनौपचारिक क्षेत्रमा रोजगारी गर्नेहरु र विद्यार्थीहरु धेरै भएकाले जान दिइएको छ ।’

Leave A Reply

Your email address will not be published.