कुवेतमा फेरि एक नेपालीमा कोरोना संक्रमण, संक्रमित नेपालीको संख्या चार पुग्यो
काठमाडौं, २७ चैत । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना अर्थात कोभिड १९ को संक्रमण कुवेतमा फेरि एक नेपाली कामदारमा देखिएको छ ।
थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएसंगै कुवेतमा नेपाली संक्रमितको संख्या चार पुगेको जनाइएको छ। आज (बिहीबार) एक नेपालीसहित ५५ जना नयाँ संक्रमित भेटिएको कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कुवेतमा कोरोनाबाट एक जनाले ज्यान गुमाइसकेको छ । त्यस्तै संक्रमित संख्या ९१० पुगेको छ जसमध्य १११ जना निको भएको बताइएको छ । २२ जनाको अवस्था भने चिन्ताजनक छ ।