भारतमा कोरोना संक्रमित उपचारमा संलग्न डाक्टरको मृत्यु

0

काठमाडौ,चैत २७- विश्वव्यापी रुपमा फैलिएको कोरोनाका कारण भारतमा पहिलो पटक एक डाक्टरको ज्यान गएको छ । भारतमा कोरोनाबाट ज्यान जानेको संख्या १६६ पुगेको छ ।

कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १५ लाख १९ हजार ४४२ सङक्रमित भएका छन् । यस प्रकोपबाट संसारभरि ८८ हजार ५४३ को मृत्यु भएको हो । भारतमा बिहिबार सङ्क्रमितहरुको संख्या ५ हजार नाघेको छ । पछिल्लो २४ घन्टा अर्थात बिहीबार बिहानसम्म मात्र महाराष्ट्रमा कोभिड १९ का ५० भन्दा बढी सङ्क्रमित थपिएका हुन् । त्यस्तै भारतमा कोरोनाबाट एक डाक्टरको ज्यान गएको छ । डा. शत्रुघ्न पञ्जवानीमा केही दिनअघि मात्रै कोरोना पोजेटिभ देखिएको थियो।

कोरोनाको उपचारमा संलग्न उक्त डाक्टरको बिहिबार मध्य प्रदेशको इन्दौरमा मृत्यु भएको भारतिय मिडियाले जनाएको छ । भारतमा यो पहिलो घटना हो । उक्त डाक्टरमा पनि कोरोनाको संक्रमण देखिएको थियो । भारतका अरु राज्यहरुको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको देखिएको समाचारमा जनाइएको छ ।डाक्टरको मृत्युपछि पूरै प्रदेश तरंगित भएको छ।

Leave A Reply

Your email address will not be published.