कोरोनाविरुद्धको यात्रामा साथ दिन भारतीय चर्चित नायिकाद्धय प्रियंका र दीपिकालाई डब्लूएचओले गर्यो आव्हान

0

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओका) महानिर्देशक डा. टेड्रोस एधानोम घेब्रेयिससले कोरोनाविरुद्धको यात्रामा साथ दिन भारतीय चर्चित नायिकाद्धय दीपिका पादुकोण र प्रियंका चोपडालाई आव्हान गरेका छन् ।

महानिर्देशक एधानोमले हलिउडमा समेत चर्चा कमाइरहेका यि दुई सुन्दरीलाई ‘सेफ ह्याण्ड’ अर्थात हात धुने अभियानमा सहभागी हुन आव्हान गरेका हुन् ।

महानिर्देशक एधानोमले प्रियंका र दीपिकालाई सचेतना फैलाएर कोरोना संक्रमणको रोकथाम र नियन्त्रणमा हातेमालो गर्न आग्रह गर्दै यो समस्याको निकास निकाल्नका लागी खुलेर लाग्न समेत सबैमा अपिल गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.