मुख्यमन्त्रीसँग कुरा गर्दै कोरोना संक्रमित अंशुले यसो भनिन्

0

काठमाडौँ । धौलागिरी अस्पतालमा उपचाररत १९ वर्षीय अंशु सापकोटाले अहिलेसम्म डाक्टरले आफुलाई नभेटेको बताएकी छिन् ।१९ वर्षे सापकोटाले बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग कुराकानी गदै यस्तो बताएकी हुन् ।

मुख्यमन्त्री गुरुङले बिहीबार फोनमा कुरा गदै विभिन्न प्रश्न सोधेका थिए । जसमा उनले डाक्टर दिनमा कतिपटक आउँछन् भन्ने प्रश्नमा अंशुले अहिलेसम्म डाक्टर आफू बसको कोठामा नआएको र फोनमा मात्र कुरा भएको बताएकी हुन् ।

मुख्यमन्त्री गुरुङले सापकोटासँगको कुराकानीमा मन दह्रो गरेर बस्न बताउदै पूरै निको भएपछि घर गए ढुक्क हुने बताए ।त्यसका साथै उनले नियमित रुपमा तातोपानी पिउन पनि उनलाई सुझाव दिएका छन् ।

अंशुमा बेल्जियमबाट कतार हुँदै काठमाडौंबाट बाग्लुङ पुगेपछि परिक्षणको क्रममा कोरोना संक्रमण देखिएको थियो । उनीसँगै आएकी बागलुङकै अर्की महिलामा पनि कोरोना संक्रमण देखिएको छ । अहिले दुवै जना धौलागिरी अस्पतालको आइसोलेसनमा छन् ।

Leave A Reply

Your email address will not be published.