लकडाउनका बेला ३७ वर्षीय बलबहादुर थापाको निधन

0

दाङ : दाङको विजौरीमा बिहीबार करेन्ट लागेर एक युवाको निधन भएको छ । तुलसीपुर उपमहानगरपालिका १९ बाँसगढी निवासी ३७ वर्षीय बलबहादुर थापा मगरको कुलोमा क’रेन्ट लगाएर माछा मा-र्ने क्रममा करेन्ट लागेर निधन भएको हो ।

मगरले मध्यान्ह १२ बजेतिर तुलसीपुर १८ विजौरीस्थित मलवारले सिंचाई कुलोमा माछा मा-र्ने करेन्ट लगाउँदा त्यही करेन्ट लागेर गम्भीर अवस्थामा पुगेका थिए । मगरको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा निधन भएको प्रहरीले जनाएको छ।

लकडाउनका बेला उलङ्घन गरी खुलेआम आवतजावत

कोरोना भाइरस सङ्क्रमणबाट बच्न र रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको लकडाउनका बेला लमजुङ– तनहुँका छिमेकी गाउँमा निर्वाधरूपमा आवतजावत गरेको पाइन्छ । शहरबजारमा लकडाउनको पूर्णरूपमा पालना भए पनि ग्रामीण भेगमा भने एक जिल्लाबाट अर्को जिल्लामा दैनिक कामकाज, किनमेल, दैनिक उपभोग्य वस्तु तथा खानेपानीका लागि भन्दै स्थानीयवासी आवतजावत गरिरहेका छन् ।

मानिसहरु तनहुँको रुपाकोट, मानेचौका, पुतीबजार, टुहुरे पसल, ढादफेदी, बासखर्कलगायतका ग्रामीण भेगबाट लमजुङतर्फ आउने गरेका छन् । लमजुङको पाउँदी बजार, रम्घाटार, न्यौपाने गाउँलगायतका गाउँबस्तीबाट तनहुँतर्फ जाने गरेका छन् । त्यस्तै, रिस्तीखोला करिडोरका लमजुङतर्फ जिता, देउराली, बगुवा, जिताबेँसी, खहरे, सोतीपसल, चर्दीबजार, दुइपिप्ले बजारलगायतका बस्तीका बासिन्दा तनुहँ जाने गर्दछन् ।

सोही करिडोरका तनहुँतर्फ तार्केखोला, सोतीबेँसी, साखुली, सत्रसयलगायतका गाउँबस्तीबाट लमजुङमा आवतजावत गरिरहेका छन् । विषेशगरी दुई जिल्ला जोडिएको सिमनाका बासिन्दा एक–अर्को जिल्लामा आवतजावत गरिरहेको स्थानीयवासीको भनाइ छ ।सुन्दरबजार नगरपालिका–६ का वडाध्यक्ष रघु मिश्रले सामानहरु पनि ल्याउनुपर्ने भएकाले सिमानामा रोकतोक नगरिएको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.