ठेलाको मःम बेच्दै गायक बनेका कपिलको पहिलो गीत साला काठमाण्डौँमा सार्वजनिक (भिडियो सहित)

0

ठेलामा मः म बेच्दै गायक बनेका कपिल पौडेलको पहिलो गीत साला काठमाण्डौँ सार्वजनिक भएको छ। गायक बन्ने सपना बोकेर काठमाण्डौँ आएका कपिल लामो समय देखि बानेश्वर चौकमामा ठेलामा मःम बेच्दै आएका थिए। उनको गायकी क्षमताको युट्युवमा चर्चा भए पछि उनी एकाएक चर्चित भएका थिए।

उनै कपिलले पहिलो पटक आफ्नो आवाजमा गीत निकालेका हुन्। निरज भट्टको शब्दमा रहेको गीतमा कपिलकै संगित रहेको छ। काठमाण्डौँमा सपनाबोकेर आउने युवा र उनले काठमाण्डौँमा पाउने असफलता र दुख बोल्ने गीतमा अभिनेता शिशिर भण्डारीको अभिनय रहेको छ।

काठमाण्डौँमा पाएको असफलतामा निरासा व्यक्त गर्न ‘साला काठमाण्डौँमा’भन्ने शब्द राखिएको कपिलको भनाई रहेको छ। सन्तोष खनाल‘फिल्मीकिरो’को निर्देशनमा बनेको भिडियोमा वाइपि घिमिरेको सिनेमेटोग्राफी रहेको छ। भिडियोलाई सन्जिप श्रेष्ठले सम्पादन गरेकाहुन्। गीतको भिडियो नयाँ नयाँ न्युज नेपालको औपचारिक युट्युव च्यानलबाट सार्वजनिक भएको छ।

अन्य समाचार

भद्रगोलबाट अलग भै पुराना कलाकारले खोले नयाँ सिरियल ‘सक्किगोनि’

नेपाल टेलिभिजनमा प्रशारण हुने चर्चित हाँस्य टेलिफिल्म ‘भद्रगोल’ मा कलाकारहरुबीच साँच्चै नै भद्रगोल भएको छ । कलाकारहरुबीच कुरा मिल्न नसक्दा भद्रगोल नै भएको हो । पारीश्रमिक लगायतका विषयमा विमती भएपछि सो टेलिसिरियलका कलाकारहरु छुट्टीएका छन् । सो टेलिसिरियलवाट अलग्गिएका कलाकारहरुको समूहले नयाँ टेलिसिरियल ल्याउने घोषणा गर्दै त्यसको पोस्टर समेत सार्वजनिक गरेका छन् ।

मिडियाहबसँगको विवादका कारण ‘भद्रगोल’बाट कलाकारहरु अलग्गिएका हुन् । समुहवाट अलग्गिएका कुमार कट्टेल (जिग्री) सहितका कलाकारहरुले ‘सक्किगोनि’ नामको नयाँ टेलिसिरियल ल्याउन लागेको सार्वजनिक गरेका हुन् । सो टेलिसिरियलको पोस्टर पनि सार्वजनिक भएको छ ।

नयाँ टेलिसिरियलमा जिग्रीका अतिरिक्त अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरि निरौला (कक्रोज) मधुसुदन पाठक (सिते बा) लगायत २१ जना कलाकार हुने बताइएको छ । कलाकार मधुसुदन पाठक (सीते बा) ले सामाजिक सञ्जाल (फेसबूक) मार्फत ‘सक्किगोनि’ आउने जानकारी गराएका छन् । उनले सो टेलिसिरियलको पोस्टर समेत सार्वजनिक गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन्, ‘आफूले जन्माएको, हुर्काएको एउटा सिर्जना इतिहास बन्दै गर्दा आफू भित्रको नसकिएको कलाकारिताको अर्को सिर्जना सक्किगोनि जन्मिएको छ’।

Leave A Reply

Your email address will not be published.