सीपीएलमा सन्दीपको कमाल, लिए ३ विकेट

0

२६ भदौ, काठमाडौं । क्यारिवियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिएका छन् । बारबारडोस त्रिडेन्ट्समा आ*बद्ध सन्दीपले बिहीबार सेन्ट किट्स एन्ड नेविस प्याटि्रवट्सविरुद्ध खेल्दै महत्वपूर्ण तीन विकेट लिएका हुन् ।

सन्दीपकै उत्कृष्ट प्रदर्शनमा बारबारडोस प्याट्रिवट्सविरुद्ध जित नजिक छ । तर वर्षाको कारण खेल रोकिएको छ । डकवर्थ लेविस मेथडको आधारमा पनि सन्दीप आ*बद्ध टिम नै अगाडि छ ।

सन्दीपले ३.५ ओभर बलिङ गरेका छन् भने उनले अब मात्र एक बल बलिङ गर्न बाँकी छ । उनले बलिङ गर्दै गर्दा पानी परेपछि खेल स्थगित भएको हो । ३.५ ओभर बलिङ गर्दै मात्र २२ रन खर्चिएर सन्दीपले तीन विकेट लिएका हुन् । सन्दीपले लाउरिइ इभान्सलाई ६४ रनमा आउट गराए । त्यस्तै, शामर्ह ब्रुकसलाई १३ रनमा आउट गराएका सन्दीपले कप्तान कार्लोस ब्राथवइटलाई एक रनमा एलबीडब्लुको धरापमा पारे ।

टस हारेर पहिले ब्याटिङ गरेको सन्दीप रहेको टिमले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा १८६ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको प्याटि्रवट्सले १४.५ ओभरमा सात विकेट गुमाउँदा १०७ रन मात्रै बनाएको छ ।

Leave A Reply

Your email address will not be published.