नायिका पुजा शर्मा राहत सामग्री लिएर घरघरमा पुग्दा जे देखियो … (भिडियो)
काठमाडौं । लामो समयको लकडाउनका कारण अप्ठेरोमा परेका चलचित्र प्राविधिकहरुलाई २ लाख रुपैया बराबरको राहत उपलब्ध गराउने नायीका पुजा शर्माले गरेको बाचा पुरा गरेकी छन् । नायक पल शाहले ५ लाख रुपैया सहयोग गर्ने घोषणा गरे लगत्तै पुजाले पनि २ लाख बराबरको खाद्यान्न सहयोग गर्ने घोषणा गरेकी थिइन् । पल र पुजाले सामाजिक सञ्जाल मार्फत यस्तो घोषणा गरेका हुन् । आफुले गरेको बाचा बमोजिम पुजा शर्माले प्राविधिकहरुलाई सहयोग पनि गरेकी छन् । लकडाउनका कारण अहिले फिल्मका काम हुन पाएका छैनन् । फिल्मी कलाकार पनि अहिले फुर्सदिला भएका छन् । उनीहरुले परिवारका सदस्यसंग समय विताइरहेका छन्।
फिल्मको ब्यस्तताका कारण परिवारलाई समय दिन नपाएका फिल्मी क्षेत्रका ठूला कलाकारका लागि त यो राम्रो अवसर होला । उनीहरुले मिठा मिठा परिकार बनाउँदै खाँदै परिवारका साथमा समय ब्यतित गरिरहेका छन् । कहिल्यै घरमा नबस्ने कलाकार छोराछोरीलाई साथमा पाउँदा अभिभावक पनि खुसी भएका छन् । तर त्यही फिल्म क्षेत्रवाट आफ्नो परिवारको गुजारा चलाउने चलचित्र प्राविधिकहरुका लागि भने लकडाउन अभिशाप हो । उनीहरुको रोजिरोटी खोसिएपछि हातमुख जोर्न समस्या भएको छ । यस्तो समस्यामा परेका प्राविधिकहरुलाई सहयोग गर्ने निर्णय गर्नु आफैमा ठूलो कुरा हो।
हुन त नेपालका कलाकारहरुको पनि त्यती ठूलो आम्दानी छैन । अन्तराष्ट्रिय कलाकारहरुले करोडौ सहयोग गर्ने निर्णय गर्दा नेपालका कलाकारहरुका बारेमा पनि प्रश्न उठाइने गरेको छ । तर नेपालका कलाकारहरुको अवस्था भने विदेशी कलाकारसंग तुलना गर्न सकिदैन। कतिपय कलाकारहरु नै लकडाउनका कारण अप्ठेरोमा परेका छन् । यस्तो अवस्था हुँदाहुँदै पनि पल र पुजाले आफुहरुसंग सम्बन्धित विपन्नहरुलाई सहयोग गर्ने चासो देखाउँदा सामाजिक सञ्जालमा उनीहरुको निकै प्रशंसा भएको छ।
लकडाउनको समयमा प्राविधिकलाई सहयोग दिन पुजा आफै प्राविधिकको घर घर पुगेकी थिइन् । पुजाले दिएको सहयोग लिएका प्राविधिकहरुको मुहारमा खुसी छल्केको छ । उनले एक दिन भरी सामान किनेर जम्मा पारिन् अनि प्याक गरेर घर घर दिन पुगेकी थिइन्। गाडीमा सामान लोड गरेर केही सहयोगीको साथमा पुजा सामान लिएर प्राविधिकहरुको घरमा पुगेकी हुन्।