Breaking: रामेछापको सल्लेपानी जंगलमा भि’षण आ’गलागी, स्थानीयको प्रयास असफल

0

रामेछाप ।रामेछापको मन्थली नगरपालिका–११ गेलुस्थित बर्लापाखा सल्लेपानी जंगलमा भि’षण आ’गलागी भएको छ । आज दिउसोबाट लागेको आगो नियन्त्रण बाहिर गएको छ । सल्ला र सालको जंगलमा लागेको आगो ती’ब्र गतिमा फैलिए पछि स्थानीयवासी चि’न्तित भएका छन् । गुलुका स्थानीय मान बहादुर थापामगरले दिनभर आगो नि’भाउन गरेको प्रयास असफल भएको बताउनुभयो ।उहाँले भन्नुभयो,‘गाउँले मिलेर निभाउने प्रयास त गर्यौ तर आगो फै’लिदै गएपछि घर फर्कियौ ।’ जंगलमा लागेको आगो नि’भाउन दमकल जान सम्भव नभएपछि स्थानीयले भोली बिहानैबाट आगो नि’भाउन प्रयास थालिने तयारी गरेका छन् ।

आगो लागेकोस्थल बस्ती भन्दा टाढा रहेको छ । त्यस्तै रामेछाप नगरपालिका वडा नम्बर ७ सुकाजोर वडा कार्यालयले वडाका विभिन्न टोलहरुको मानिसहरु चहल पहल हुने मुख्य ठाउँहरुमा हात धुन ड्रम , साबुन र पानीको व्यवस्था गरेको छ । नो’वेल को’रोना भाइरस को’भिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि यस्तो व्यवस्था गरिएको वडा अध्यक्ष समिर कार्कीले बताउनुभयो । साथै को’रोना भाईरस संक्रमण फैलन नदिन वडा कायालयको आ’कस्मिक बैठकले वडा अध्यक्ष समिर कार्कीको संयोजकत्वमा ५ सदस्य अनुगमन समिती ग’ठन गरेको छ ।

अनुगमन समितीले वडामा खाध्य संकट रहेनरहेको , वैदेशिक रोजगारबाट आएकाहरु क्वा’रेन्टाईनमा बसेको नबसेको स्वास्थ्य स्वयम सेवीका , सहजकर्ता लगायतले प्रभावकारी काम गरे नगरेको लगायतको अ’नुगमन गर्ने छ । त्यसैगरी वडाले राहत संकलन समिती पनि गठन गरेको छ । वडामा रहेका विपन्न र दैनिक मजदुरी गरी जिवन निर्’वाह गरीरहेका नागरीकहरु भोकै नपरुन भनेर राहत वितरणका लागी समिती गठन गरिएको वडा अध्यक्ष समिर काकीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.